काठमाडौं । सिभिल बैंकले ग्राहको चाहाना, सुविधा र विश्व परिवेशलाई ध्यानमा राख्दै ट्याब बैंकिङ सेवा सुरु गरेको छ । बुधबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवा सुरु गरेका थिए ।
सूचना प्रविधि उपयोग गरी ग्राहकलाई सहज बैंकिङ सुविधा घर–दैलोमै उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरेको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सहजै खाता खोल्न र आफूले चाहेकै ठाउँबाट बैंकिङ सेवा सुविधा लिन सकिने बताएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सिभिलले हालसम्म ३६ अर्ब ९६ करोड निक्षेप परिचालन गरी ३६ अर्ब २८ करोड कर्जा लगानी गरेको जनाएको छ । बैंकको शाखा संख्या ६० छ ।
।