सूचनाको शक्ति - The Power Of Information

        

तीसजना किसानलाई बाख्रा वितरण

सल्यान। विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ ।  पुरकोट–३ मा रहेको जागृती मिश्रित बाख्रापालन समूहका किसानलाई विहीबार उन्नत जातको बाख्रा ९पाठी० वितरण गरिएको हो । ३० जना किसानलाई जमुनापारिको क्रस जातको बाख्रा वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । यसका लागि गाउँपालिकाले रु तीन लाख खर्च गरेको छ । अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरेको छ ।  बाख्रा हस्तान्तरण गर्दै सेनाले भने “अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” जागृती मिश्रित बाख्रापालन समूहका अध्यक्ष तारासिंह खड्काले आफ्नो समूहका विपन्न किसानलाई गाउँपालिकाले बाख्रा उपहार दिएकोमा खुशी व्यक्त गर्दै नमूना कृषक समूह बनाउने उद्देश्यमा आफूहरु लागेको बताए ।  वडा नम्बर ३ बाख्रापालनका लागि उपयुक्त वातावरण भएको वडा रहेको बताउँदै उनले व्यावसायिकरुपमा बाख्रापालन व्यवसाय अघि बढाउन उन्नत जातको बोका पनि आवश्यक रहेको बताए।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ०२:१२