सूचनाको शक्ति - The Power Of Information

        

चार वर्षमा गोरे समूहद्वारा ३८ क्वीन्टल सुन तस्करी भएको तथ्य सार्वजनिक

काठमाडौं । चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असार साउनयता खेप–खेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात् तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिको ठहर छ ।

गोरेको नेतृत्वमा सुन तस्करीमा संलग्न सात प्रहरी अधिकारी सहित ६३ जनाविरुद्ध मुद्दा भईसकेको छ । करिब तीन वर्षसम्म उनीहरूले तस्करी गरेको सम्पूर्ण सुनको मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ बिगो दाबी र सजाय माग गरिएको छ ।

साढे ३३ किलो तस्करीको सुन गायव प्रकरणमा थप तथ्यहरु सार्वजनिक हुने क्रम जारी छ । गत माघ ९ गते राजधानीको रत्न राज्यलक्ष्मी स्कूल नजिकैबाट गोरे भनिने चूडामणि उप्रेतीको साढे ३३ किलो सुन लुटिएसँगै विकसित भएको घटनाक्रम हत्याको श्रृङ्खलासम्म पुगेपछि घटनाबाहिर त आयो नै सोहि प्रकरणमा सात उच्च प्रहरी अधिकारीसहित ६३ जना दोषी देखिए । जसमा तीन महिला समेत रहेका छन् ।

त्रिभुवन अन्तराष्टिय विमानस्थल नजिकै फागुन ९ गते गुड्दै गरेको ट्यांकरतिर हुत्तिएर सानु बनको रहस्यमय मृत्युको भएको केहि दिनमै ९फागुन १८० सनम श्रेष्ठको समेत हत्या भएपछि घटना बाहिरिन पुगेको थियो ।

सार्वजनिक घटनाक्रमअनुसार सुन गायब गराएको आरोप लगाउँदै गोरेले उनलाई यातना दिएको खुल्न आएको छ । यातना दिने क्रममा गोरेको पूर्वएकाउन्टेन्ट समेत भनिएका शाक्यको मृत्यु भएसँगै ‘गोरे’ र महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायव निरीक्षक ९सई० बालकृष्ण सन्जेलको बीचमा शव व्यस्थापनका लागि कुराकानी भएको बताइएको छ ।

सोहि विषयमा आर्थिक प्रभावमा परेर महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलसमेतको कनेक्सन पाइएको थियो ।

घटना सार्वजनिक भएसँगै गृहमन्त्रालयले यो विषयलाई गम्भीरतापूर्वक लिँदै छानबिन समिति गठन गरेको थियो । मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वमा बनेको समितिले विभिन्न आरोपितसँगको बयान र अध्ययनका क्रममा तस्करीको लहरो खोज्दै जाँदा उच्च अधिकारीकै संलग्नता पाएको थियो । यही छानबिनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले ७ प्रहरी उच्च अधिकारीसहित ६३ जनालाई दोषी देखाउँदै सोमबार नै जिल्ला अदालत मोरङमा दर्ता गराइसकेको छ ।

मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाएर दायर गरिएको उक्त मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको बिगो दाबी गरिएको छ ।

मुद्दामा अभिुयक्त बनाइएकाहरु मध्ये ७ प्रहरी अधिकारीसहित २९ जना पक्राउ परिसकेको भएपनि गोरे र एसएसपी श्याम खत्रीसहित ३४ फरार छन् । मुद्दामा बिहीबारदेखि अभियुक्तहरुको बयान सुरु जनाइएको छ ।
छानबिन समितिले गोरे समूहले विभिन्न समययता सेटिङमा ३८ क्वीन्टल सुन तस्करी गरेको दाबी गरेको छ । २०७१ सालदेखि सुन कारोबारको धन्दा विस्तार गरेका गोरेको नेतृत्वमा चार वर्षको अवधिमा ३८ क्वीटल सुन तस्करी भएको छानबिन समितिको दाबी छ । सोहि दाबीको आधारमा ६३ जनामाथि मुद्दा दायर भएको हो ।

हुन त सुन काण्डबारे छानबिन गर्न बनेको समितिले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ घण्टा सम्म ब्रिफिङ गरेको थियो । सो क्रममा समितिले ९ महिनामा मात्रै ४७ टन सुन अवैध तरिकाबाट नेपाल भित्रिएको र यसरी तस्करी गरेर सुन ल्याउँदा अरबौं रुपैयाँ पनि हुन्डीमार्फत् विदेशिएको बताएको थियो ।

६३ जनाको सूचीमा को–को ?
जिल्ला सरकारी वकीलको कार्यालयले सोमबार जिल्ला अदालत मोरङमा ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रतिवादीमध्ये २९ जना पक्राउ परिसकेको भएपनि मुख्य प्रतिवादी गोरेसहितका ३४ जना अझैं फरार छन् ।

मोरङको उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’९मुख्य प्रतिवादी०, प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, वरिष्ठ उपरीक्षक दिवेश लोहनी, प्रहरी जवान विष्णुबहादुर खड्का, प्रहरी हवल्दार अम्बर बहादुर थापा मगर, प्रहरी उपरीक्षक विकासराज खनाल र प्रहरी नायब उपरीक्षक प्रजित केसी प्रतिवादी रहेका छन् । यस्तै प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल पनि प्रतिवादीको सूचिमा छन् ।

यस्तै काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी, मोरङ उर्लाबारी–४ का मोहन काफ्ले, मकवानपुर हटिया–४ का सुरेन्द्र गौतम , सिराहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य, मोरङको उर्लाबारी–७ का नरेन्द्र कार्की, उर्लाबारी–४ का भविन तामाङ, उर्लाबारी २ का मदनप्रसाद घिमिरे, भारत मोतियारीका राजनकुमार, झापा गौरादह–८ का भोजराज भण्डारी, मेचीनगर–१३ का रुस्तम मियाँ, लाक्पा शेर्पा, सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर, सुनसरीको धरान–२ का कृष्ण बस्नेत, काठमाडौं–१६ का भुजुङ गुरुङ, सुनसरीको धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल, काठमाडौं– नागर्जुन–४, शरणमपुरका छिरिङ वाङगेल घले पनि प्रतिवादी रहेका छन् ।

यस्तै सुनसरीको धरान–२ का सुनिलकुमार अग्रवाल झापाको शिवगञ्ज–१ का कृष्ण गोपाल अग्रवाल, काठमाडौं–३२ का राजेन्द्रकुमार शाक्य, उर्लाबारी–७ का रमेश उप्रेती, भारतको दार्जलिंगका महावीरप्रसाद गोल्यान अग्रवाल, काठमाडौंस्थित बाजेको सेकुवा कर्नरका चेतनाथ भण्डारी, काठमाडौको बानेश्वरका प्रमोदकुमार श्रेष्ठ, सुनसरीको इटहरी– का वेनु श्रेष्ठ , काभ्रेको चलाल गणेशस्थान–६ का हरिशरण खड्कापनि प्रतिवादी रहेका छन् ।

यस्तै सिन्धुपाल्चोक लोगर्चे–७ का एलबी मगर भनिने लालबहादुर मगर, काठमाडौं–८ का वीरेन्द्रमान श्रेष्ठ, ललिपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे, काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ, भक्तपुर सूर्यविनायक–९,का दोराम खत्री, काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी, काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ, ललितपुरको कन्ज्योसोम–३ का पुन्यप्रसाद लामा तामाङ, काठमाडौं चन्द्रागिरी–१३ का हेमन्त गौतम, काठमाडौं–१८ का राजु महर्जन, बागलुङको रेसा–४ का कमल कार्की, काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ, सिन्धुपाल्चोको जलजलेका शिवकुमार गुभाजु, सुनसरीको धरान–१ का सुनिल श्रेष्ठ, भोजपुर, दिङ्लाकी रक्षा भण्डारी, मोरङको साविक गोविन्दपुर–८ का अर्जुनप्रसाद खरेल, पर्वतको झोर्ले गाविस–१ का गुप्तलाल भुसाल, काभ्रेपलान्चोकको साविक चलाल गणेशस्थान–४ का रामहरि कार्की, कास्कीको सािवक निर्मल पोखरी–८, का प्रयास पराजुली, सिन्धुपाल्चोक बलेफी–५ का सञ्जय अधिकारी, बलेफी–५ कै समिर अधिकारी , धनकुटाकी गीता श्रेष्ठ, मोरङको उर्लाबारीकी अनर्वदा खरेल उप्रेती, मोरङको कानेपोखरी–४ का माधव आचार्य, मोरङको साविक गृगौलिया–२, का ओमप्रकाश नेवार, भक्तपुर सूर्यबिनायक–८का वर्षीय राजन थापा, काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल , मोरङको रतुवामाई–१ गोविन्दप्रसाद निरौला र बर्दिया घर भई काठमाडौं–१८ बस्दै आएका तुलाराम थारु प्रतिवादी रहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार ०६:३१