सूचनाको शक्ति - The Power Of Information

        

युवा केन्द्रित मार्केटिङ प्लान सुरु फ्यान्टाको लोगो परिर्वतन

काठमाडौं । फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरुपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । फ्यान्टाको नयाँ लोगो हेर्दा निकै बोल्ड र रमाइलो देखिन्छ । नयाँ लोगो निकै उज्यालो कलरको साथ हरेक क्षेत्र र भेषभुसाका युवालाई सम्मान गर्ने र सकारात्म सोचको तरङ प्रबाह गर्ने किसिमले डिजाइन गरिएको छ ।
नयाँ लोगो सार्वजनिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भन्नुभयो ‘फ्यान्टाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ, जसले युवाहरुसँग आफुलाई जोडेर ब्राण्ड बिल्डमा गर्नमा सहयोग पुर्याउँछ । अहिलेको नयाँ पुस्तालाई ब्रान्डको बिषयमा धेरै ज्ञान रहेको छ किनकि उनिहरु साथीहरुसँग समय बिताउने ,रमाइलो गर्ने, प्रविधीको बिषयमा आफुले जानेका कुरा अघि राख्न मनपराउने कुरामा उनीहरु बिज्ञ नै भैसकेका हुन्छन् । त्यसैले उनिहरुको यही दृष्टिकोणलाई लिएर हामीले फ्यान्टाको क्याम्पेन सुरु गरेका हौँ । हामीले अहिले टीन मार्केटिङ अफिसर्सको टिम तयार गरेका छौँ ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार १०:५५