सूचनाको शक्ति - The Power Of Information

        

अन्तर्राष्ट्रिय मजदुर दिवस, नेतामात्रै जन्मिए तर मजदुरलाई केही भएन

काठमाडौं । नेपालमा मजदुरका माग उठाउने नाममा कैयौं क्रान्तिकारी पार्टी जन्मिए । मजदुरकै नारा लगाएर उनीहरु पटक–पटक सरकारमा पनि पुगे । तर वास्तविक मजदुरलाई भने सधैं अधिकारका लागि लडिरहनुपर्ने बाध्यता छँदैछ । आफ्नै दल र नेता सरकारमा पुग्दा पनि उनीहरुको दुरावस्था अन्त्य हुन सकेको छैन । विश्वमा १ सय २९ वर्ष पुरा भएको छ, मजदुर दिवस मनाउन थालेको । नेपालमा २००७ मा विराटनगरबाट वृहत मजदुर आन्दोलनबाट सुरु भएको मजदुर दिवसले ६८ वर्ष पुरा गरेको छ । विराटनगर जुट मिलमा काम गर्ने मजदुरहरुले मालिकको विरुद्धमा श्रम मुल्यको खोजी गर्न थाले । तर अझै नेपालमा अझैसम्म मजदुरले उचित पारिश्रमिक पाउन सकेका छैनन । अर्कोतिर नेपालमा रोजगारीको सम्भावना नभएर लाखौं नेपाली विदेशमा सस्तो श्रम बेच्न बाध्य छन । त्यस्तै सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा समेत दि“दै आएको छ । औलामा गन्य हो भने नेपालमा मात्रै मजदुर दिवस मनाउन थालेको करिब सात दशक पुरा हुने लागिसकेको छ । तर अझै पनि मजदुरको समस्या भने आज पनि सोचे जस्तो उपलब्धि भएको छनैन । मात्र मजदुरहरु राजनीतिक दलका स्वाथ पुरा गर्नमात्र प्रयोग भएका छन् । मजदुरहरु अझै पनि आफुहरुले पाउनु पर्ने अधिकार त परै छोडौ ज्यालादारीमा नै भेदभावपुर्ण स्वयम् मजदुरहरुको गुनासो छ ।
मजदुर अधिकारका लागि लामो समय विभिन्न संघसंस्थाबाट वकालग गर्दै आएकाहरुलाई भने पहिलेको तुलनामा केहि परिवर्तन भएको दावी गर्छन ।
यता नेताहरु भने पहिले जे भयो त्यसलाई विर्सेर राष्ट्रले नै अंगालेको समृद्धिको बाटोमा लाग्नु पर्नेमा जोड दिन्छन । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा भने टे«ड युनियनको उपस्थिति मात्र नभई मुलुकले तय गरेको समृद्धिको खाका पुरा गर्न लाग्नुुपर्ने तर्क गर्छन ।
पछिल्लो समय मजदुर संगठनहरु पार्टीगत भइसकेका छन  । सामान्य मजदुरका लागि भन्दा पनि पार्टी नेतृत्वका लागि सहयोगी बन्ने गरेको छ । मजदुरका अधिकारका लागि भन्दा पनि पार्टीका लागि वकालत गर्ने गरेको तितो यर्थाथ छ । लामै राजनीतिक संघर्ष पश्चात नेपाली राजनीतिले कोल्टे फेरिसकेको छ । एमाले महासचिव तथा रक्षा मन्त्री इश्वर पोखरेल भने आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्न सबै मजदुर संगठन एक हुनुपर्ने तर्क गर्छन ।
सुरुका वर्षहरुमा मजदुरलाई लक्षित गरि कार्यक्रम गरिने भएपनि पछिल्ला दिनमा केही परिस्कृत हुन थालेका छन् । नेकपा एमालेको मजदुर संगठन जिफन्टले राजधानीको पा“च तारे होटलमा मजदुर दिवस मनायो । यता माओवादी केन्द्रले पनि नेपाल राष्ट्रिय कर्मचारी संगठनको भवन उद्घाटन गरेर सहभागिता जनायो । त्यसैले नेपाली कांग्रेसको नेतृत्वमा सुरु गरिएको २००७ सालको मजदुर आन्दोलन होस या २०४६ सालको बहुदलिय व्यवस्था पछि एमालेले सुरु गरेका अधिकारका आन्दोलन किन नहुन । अनि मुलुककै राज्य व्यवस्था परिवर्तन गर्न माओवादीले सुरु गरेको मजदुर आन्दोलन किन नहोस् राजनीतिक परिवर्तन ल्याउन मजदुरको निकै महत्वपूर्ण भूमिका रहदै आयो । राजनीतिक चेतनाका कारण मजदुरहरु केही हदसम्म आÏना र आम जनताका अधिकारबारे जानकार भएकाले उनीहरुले राजनीतिक मुद्दामा पनि सरोकार राख्नु आश्चर्यको विषय भएन । तर धेरैजसो नेताहरुले मजदुरहरुलाई बारम्बार राजनीतिक दलको उद्देश्यपुर्तिका लागि हतियारका रुपमा मात्रै प्रयोग गर्नु भने राम्रो होइन । नेताहरुले सधैंभरी मजदुरलाई राजनीतिक दलको गोटी बनाउन खोेज्नु र मजदुरका जायज मागको कुरा गर्दा भने अर्कोतर्फ मुन्टो फर्काउने गर्नु कदापि जायज हुन सक्दैन । उनीहरुको स्वायत्तता र स्वतन्त्रतालाई बचाइराख्ने र बाँच्नयोग्य जीविकाको ग्यारेन्टी गर्ने संघर्षमा राजनीतिक दलका नेताहरुले पनि सहयोग गर्नुपर्छ ।
सम्बन्ध राम्रो छैन मालिक र मजदुरको
संसारभरका मजदुरले मंगलबार १ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएपनि नेपालमा भने मजदुर र उद्योगीबीच राम्रँे सम्बन्ध देखिदैन । मजदुर बाध्यताको फाइदा उठाउ“दै थेरै पैसा धेरै काम लगाउने प्रबृति हाबी छ । बिगतका वर्षमा राजनीतिकक अस्थिरताको कारण उद्योग व्यवसायमा लगानी हुन नसक्दा पनि सिमित उद्योगले श्रमीकको शोषण गरी रहे । मजदुरलाई दुई छाक खान समेत हम्मे हम्मे पर्ने तलब दिएर मालिकहरु करोडौको बंगला र गाडी चढेर हुइकिरहेका छन । सन् १८८६ मा अमेरिकाका मजदुरहरु ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलनमा उत्रिएको दिनको सम्झनास्वरुप श्रमिक दिवस मनाउन थालिएको हो । मे एक तारिखका दिन विश्वका सबैजसो गरिखाने मानिसले हर्षोल्लासपूर्वक अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गर्छन् । तर नेपालमा केही राजनीतिक दलका भातृ ससंगठन बाहेक आम मजदुरलाई अझैपनि मे १ ले छुन सकेको छैन ।
नेपालमा समेत १ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईए पनि मजदुर र उद्योगीबीचको सम्बन्ध अझै सुमधुर हुन नसकेको छैन । उद्योगीहरु सकेसम्म मजदुरलाई धेरै काम लगाएर थेरै तलब दिन पाए खुसी हुने गर्दछन । आफ्नो हक अधिकार सुनिश्चित भएको दिनका रुपमा संसारका मजदुरहरुले मे दिवस मनाउने गरेपनि नेपालमा भने मजदुरले आफ्नो अधिकार सुनिश्चित गर्न मालिकहरुस“ग लडिरहनु परेको छ । नेपालको राजनीतिक अस्थिरताले समग्र अर्थतन्त्रलाई प्रभाव पारिरहेकाले नेपालमा लगानीको वातावरण सुदृढ हुन नसकेको, उद्योगधन्दा समेत बन्द हुदा नेपाली श्रमीक मारमा पर्ने गरेका छन ।
मुख्य तीन ठूला दल निकट टे«ड युनियन महासंघबाहेक अन्य पार्टी निकट सातवटा टे«ड युनियन पनि दर्ता भएका छन् । यी सबै टे«ड युनियनका मजदुर नेताको प्रवृत्ति हेर्दा उनीहरु मजदुरका समस्या उजागर गर्नमा चुकेका छन र निजी लोभलालचमा मालिकस“गै गला मिलाउने गरेका छन् । मजदुरका नेता पनि गैरमजदुर हुने र उनीहरु पनि पार्टीबाट बेसी निर्देशित हुने, साहुमहाजनसँबग साँठगाँठ गर्न तल्लीन हुने गरेका छन ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार १०:४९