सूचनाको शक्ति - The Power Of Information

        

प्रविधियुक्त हाइटेक नर्सरी सञ्चालनमा

झापा । झापाको मेचीनगरमा पहिलो पटक उच्च प्रविधियुक्त हाइटेक नर्सरी सञ्चालनमा ल्याइएको छ । सरकारको कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अन्तर्गत सिँचाइ पूर्वाधारसहितको हाइटेक नर्सरी सञ्चालनमा ल्याइएको हो । मेचीनगर–९ का युवा डिल्लीराज उप्रेतीले एक कट्ठा जग्गामा हाइटेक नर्सरी निर्माण गरेको हो । यो नर्सरीमा सबैखाले बाली लगाउन सकिनेछ । जिल्ला कृषि विकास कार्यालय झापा मार्फत प्राप्त ८ लाख ९४ हजार ४ सय ९२ रुपैयाँ अनुदान र डी एन्ड डी वायोप्लानटेकको २ लाख ९८ हजार १ सय ६४ रुपैयाँ गरी कूल ११ लाख ९२ हजार ६ सय ५६ रुपैयाँ खर्च गरेर नर्सरी स्थापना गरिएको उप्रेतीले बताए । कृषि पद्धतिलाई अत्याधुनिक र व्यावसायिक बनाउन सरकारको आर्थिक सहयोगमा हाइटेक नर्सरी तयार गरिएको उनको भनाई छ । २ सय माइक्रोनको प्लास्टिकबाट बनाइएको नर्सरीको टनेलमा घाम छिर्ने, पानी नछिर्ने, नच्यातिने बनाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार १०:४५