सूचनाको शक्ति - The Power Of Information

        

सरकार शान्ति र स्थायित्व कायम गर्न प्रतिबद्ध छः गृहमन्त्री थापा

हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले निर्वाचनपछि सुरु हुन लागेको शान्ति र स्थायित्व कायम हुन नदिई अस्थिरतामा लैजान केही शक्ति लागेको बताए । प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि हेटौंडा आएका मन्त्री थापाले छायाँ सरकारको नाममा कतिपय ठाउँमा घटना घटाउने काम भइरहेको पनि आरोप लगाए ।अस्थिरता फैलाउने सबैखालका घटना नियन्त्रणका लागि सरकार कटिबद्ध रहेको उनले जिकिर गरे । नेपाली भूमिमा जाति, धर्मको नाममा अस्थिरता फैलाउने शक्तिको चलखेल बढेको भन्दै उनले विकासको बाधक मानिएका भ्रष्टाचार, तस्करी र सिन्डिकेटलाई अन्त्य गर्न जरुरी रहेको बताए ।
सरकारले थालेको सिन्डिकेट अन्त्य गर्ने अभियान कुनै पनि अवस्थामा नरोकिने भन्दै गृहमन्त्री थापाले सिन्डिकेटलाई खारेज गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले भने सिन्डिकेटलाई सहयोग गर्ने सबै कारबाहीको भागीदार बन्ने छन् ।
राज्यको शान्ति सुरक्षाको नीतिलाई तल्लो तहसम्म कार्यान्वयनमा लगाउने अभियानमा गृहमन्त्रालय लागि परेको थापाको भनाइ छ ।स्थायित्वका लागि लागि सुदृढ वामशक्ति आवश्यक रहेको भन्दै थापाले एमाले र माओवादी एकतापछि देशको राजनीतिक

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ०९:२३