सूचनाको शक्ति - The Power Of Information

        

९६५ गयाे सास फर्कियाे लास

काठमाडौं : अाज विश्व श्रमिक दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै छ। तर नेपाली श्रमिक नेपालमा भन्दा बढी विदेशमा छन्। धन कमाउन सपना बाेकेर जाने कति नेपालीहरू भने बाकसमा फिर्ता भएका छन्। एक वर्षमा ९६५ जनाकाे मृत्यु भएकाे छ।

सन् २०१७ मा वैदेशिक रोजगारीमा रहेकाकामध्ये ९६५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धेरै खाडीको मुलुकमा गएका नागरिक छन्। कति याताना सहन नसकेर वा पारिश्रमिक नपाउँदा भोग्नुपरेको पीडाले आत्महत्या गर्नेको संख्या पनि धेरै छन्। मुत्यु हुनेमध्ये २५ प्रतिशतको आत्महत्याबाट मृत्यु भएको छ।

सन् २०१७ मा वैदेशिक रोजगारीको कम्रमा मृत्यु हुने नेपालीहरूमा मलेसियामा ३६४ साउदी अरब २७८ र कतार १७९ जना छन्।
त्यस्तै दुबई ८४ कुवेत ३१ र काेरियामा २४ जना नेपाली छन्। बहराइन ६ र इजिप्टमा दुई जनाकाे निधन भएकाे छ।

नजानेर गल्ती गरेर वा बिनाकारण कति नेपालीहरू विदेशको जेलमा रहेका छन्। वैदेशिक रोजगारी प्रवर्द्धन बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा रहेका ६६५ जना नेपाली विदेशको जेलमा रहेका छन्। जेलमा पनि खाडी मुलुककै जेलमा नेपाली बढी परेको तथ्यांक रहेको छ। सबैभन्दा बढी दुबईको जेलमा छन् भने त्यसपछि मलेसियाको जेलमा नेपाली बढी छन्।

दुबई १८५ जना, मलेसिया १७१, कुवेत ७० जना नेपाली जेल जीवन बिताएका छन्।  कतार ४५, साउदी अरब ८८ र बहराईन ११नेपाली जेलमा छन्। त्यस्तै, ओमान दुई, कोरिया दुई र इजराइल दुईजना नेपाली जेलजीवन बिताइरहेका छन्। प्रत्येक दिन यो तथ्यांक घटबढ भइरहेको छ। जेलबाट नसकिनेभन्दा पर्ने बढी भएको वोर्डको तथ्यांकले देखाउँछ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ०४:४६