सूचनाको शक्ति - The Power Of Information

        

नानीहरुको आँखामा समस्या

काठमाडौँ । के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ । मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा एलर्जी हुने तथा आँखा चिलाउने समस्या आउन सक्छ ।
गर्मी मौसम पनि शुरु भइसकेकाले आँखाका बिरामी विशेष गरी सतर्क हुनुपर्छ । यो समयमा स–साना बालबालिकालाई आँखा रातो हुने तथा आँखा पाक्ने समस्या उत्पन्न हुन्छ । आँखा शरीरको महत्वपूर्ण अंग भएकाले हरेक व्यक्तिले कम्तीमा छ महिनामा एकपटक आँखाको जाँच गराउनुपर्छ र सन्तुलित भोजन विशेष गरी सागपात बढी सेवन गर्नुपर्छ ।
त्यस्तै, स–साना बालबालिकाले अक्षर पढ्दा अति नजिक राखेर पढ्ने बानी गर्न नहुने, डिमलाइट तथा वाइडलाइटमा पुस्तक पढ्ने गर्नाले पनि आँखालाई समस्या हुने पौडेलको धारणा छ । उमेर अनुसार अर्थात ४५ वर्ष नाघेका व्यक्तिमा मोतियाबिन्दु रोग लाग्न सक्ने सम्भावना हुन्छ । आँखाको पर्दा च्यातिएर हुने समस्या विशेष गरेर चोटपटक लागेर वा दुर्घटना भएर हुने गरेको छ । अर्को कारण हो माइनस १५ देखि माइनस २० पावरको चस्मा लगाउने व्यक्तिमा पनि आँखाको पर्दा च्यातिन सक्ने सम्भावना हुन्छ ।
उनका अनुसार माइनस १० पावरको चस्मा लगाउने आँखा रोगीले समय समयमा जाँच गरेर आँखाको ख्याल राख्नुपर्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ०४:४२