हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा रहेको ऐतिहासिक कृषि संग्रहालय तीन वर्षदेखि प्रयोगविहीन भएको छ । भूकम्पका कारण जीर्ण भएको कृषि संग्रहालय पुनर्निर्माणमा चासो नदिँदा प्रयोगविहीन भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ईलाका संरक्षण क्षेत्र कार्यालय जोमसोमको समन्वय तथा राष्ट्रिय प्रकृति संरक्षण कोष जापान शाखाको आर्थिक सहयोगमा निर्माण गरिएको जोमसोमको मुस्ताङ कृषि संग्रहालय भवन जीर्ण भएको हो । लामो समयसम्म पनि पुनर्निर्माणमा सरोकारवालाले चासो नदिएपछि संग्रहालय बन्द भएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । मुस्ताङको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको एकमात्र कृषि संग्रहालय बन्द भएपछि मुस्ताङ पुग्ने पर्यटक संग्रहालय अवलोकन गर्नबाट वन्चित भएका छन् । सन् १९९१ मा निर्माण गरिएकोे संग्रहालय भवन २०७२ सालको भूकम्पले क्षति भएको थियो ।
।