सूचनाको शक्ति - The Power Of Information

        

सीसी क्यामरा जडान गरिए रसुवागढीमा

नेपाल–चीनको एकमात्र ब्यापारिक नाका रसुवागढीमा सीसी क्यामरा जडान गरिएको छ । चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएसँगै तेस्रो मुलुकका नागरिकले समेत यो नाकाको प्रयोग गर्न थालेपछि सुरक्षाका लागि भन्दै सीसी क्यामरा जडान गरिएको हो । सीमा क्षेत्रमा सीसी क्यामरा जडान गरेपछि अवैध क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ । रातको समयमा नाकामा सुरक्षाकर्मीको आँखा छलेर हुने अवैध गतिविधि नियन्त्रण गर्न सीसी क्यामराले सहयोग पुग्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाले बताउनुभयो । रसुवा भन्सार कार्यालय टिमुरेको सहयोगमा सीमा क्षेत्रबाट रसुवागढी भन्सार कार्यालयसम्म करिब दुई किलोमिटर सडकमा १२ वटा सीसी क्यामरा जडान गरिएको छ । प्रहरीको सुरक्षा गस्तीका साथै क्यामराको सहायताले मानिसको आवातजावत र क्रियाकलापमा निगरानी गर्न सहज भएको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ०७:४६