सूचनाको शक्ति - The Power Of Information

        

तरलताका बीच पनि खुम्चिएन बैंकहरूको नाफा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने क्रम जारी छ । हालसम्म एक दर्जन भन्दाबढी वाणिज्य बैंकहरूले वित्तीय विवरण प्रकाशित गरेका छन् ।
आर्थिक वर्ष पूरा हुन अझै तीन महिना बाँकी रहेको अवस्थामा मै केही वाणिज्य बैंकहरूले आफ्नो नाफा अर्बभन्दा बढी पुर्याइसेका छन् । देशमा तरलताको समस्या बढ्दै गएको अवस्थामा पनि बैंकहरूको नाफा खासै खुम्चिएको छैन । तेस्रो त्रैमाससम्ममा वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये सबैभन्दा बढी चुक्ता पुँजी नेपाल इन्भेष्टमेन्ट बैंकको रहेको छ ।
जसको १० अर्ब ६४ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने नाफा २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ रहेको छ । त्यस्तै खुद मुनाफाअन्तर्गत गत वर्षको तुलनामा सबैभन्दा बढी सेञ्चुरी बैंकले १०२ दशमलव ६३ प्रतिशतले वृद्धि गरी ६३ करोड रुपैयाँ कमाएको छ । तेस्रो त्रैमासमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा नै रहेको छ । जसको २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ कमाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ०७:२६