बाँके । उच्च ओहोदामा रहेका व्यक्ति तथा संघसंस्थाले प्रेसमैत्री नीति निर्माणका लागि प्रेस सल्लाहकार नियुक्त गर्ने गर्छन् । प्रेस सल्लाहकारले प्रेस सम्बन्धी नीति निर्माणमा संस्थालाई सघाउनु, पत्रकार र संस्थाबीच समन्वयकारी भूमिका निर्वाह गर्नु जस्ता भूमिका निभाउनुपर्छ ।
खासगरी विभिन्न चरणका निर्वाचनहरु भइसकेपछि अहिले स्थानीय, प्रदेश र संघमा आफू निकटका जनप्रतिनिधिको प्रेस सल्लाहकार बन्नका लागि पत्रकारहरुबीच होडबाजी नै चलेको छ । होडबाजी चल्नु स्वभाविक पनि हो, किनकि त्यसले पत्रकारिता पेशालाई असर पार्दैन ।
तर, बाँकेमा भने त्यसको ठ्याक्कै उल्टो छ । बाँकेमा रहेका आठ वटा स्थानीय तहमध्ये केहीले प्रेस सल्लाहकार नियुक्ति गरिसकेका छन् भने केही नियुक्तिको प्रक्रियामा छन् । सबै स्थानीय तहमा प्रेस सल्लाहकार नियुक्ति भए यहाँका आठ जना पत्रकारले रोजगारीसमेत पाउने छन् । पत्रकारिता पेशामा असर नपर्ने गरी रोजगारी पाउनु छ स्वभाविक नै थियो, तर प्रेस सल्लाहकारका रुपमा नियुक्ति पाएका पत्रकार जनप्रतिनिधिका प्रचारकका रुपमा देखिएका छन् ।
बाँकेका स्थानीय तहले पत्रकारलाई प्रेस सल्लाहकारको नियुक्ति दिएर आफ्नो प्रचारक बनाएका छन् । प्रेस सल्लाहकारमा नियुक्त भएका पत्रकारले पनि मर्यादा नबुझेरै प्रचारक बनेका छन् । आफूले नियुक्ति पाएको पदको मर्यादा, आचरण र जिम्मेवारी के हुने भन्ने स्वयं प्रेस सल्लाहकारलाई नै जानकारी छैन । त्यसको फाइदा उठाउँदै स्थानीय तहले प्रेस सल्लाहकार होइन प्रचारकका रुपमा पत्रकारलाई प्रयोग गरिरहेका छन् ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत भन्छन्, ‘हामीले नियुक्त त गरिसकेका छैनौं । संस्थालाई प्रेस नीति तथा त्यसका बारेमा आवश्यक सल्लाह दिनसक्ने खालको पत्रकारलाई नै दिने हो । समाचार तथा सूचना दिनु केही हदसम्म ठिकै हो, पदीय मर्यादा र आचरण बिर्सेर समाचारदाता नै बन्नु राम्रो होइन ।’ उनले नगरपालिकाको प्रेस सल्लाहकार नियुक्ति अनुभवी र प्रेस नीति बुझेको पत्रकार चाहिएको बताए ।
सञ्चारगृह जस्तै बाँकेका स्थानीय तहले प्रेस सल्लाहकारलाई प्रयोग गरेर दैनिक समाचार उत्पादन गर्छन् र सम्प्रेषणका लागि बिभिन्न सञ्चार माध्यमलाई समाचार पठाउँछन् । प्रेस सल्लाहकारको काम अहिले समाचार पठाउनेमै सिमित भएको छ । अहिले उनीहरुको काम के—के हो भन्ने बहस शुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु ‘प्रेस सल्लाहकार’को भूमिकाका समाचार पठाउनमै सिमित भएको बताउ“छन् ।
पत्रकार नै प्रेस सल्लाहकार बन्दा प्रेससंग जोडिएका नीति निर्माणका तहमा उनीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले सबै प्रेस सल्लाहकारले त्यसको अवसरलाई गम्भीरतापूर्वक बुझ्न सक्नुपर्ने
बताउँछन् । थारु भन्छन्, ‘पत्रकार सहकर्मीहरुले नै यस्तो अवसर पाउनुभएका बेला हामीले स्थानीय तहमा प्रेस सम्बन्धी दायरालाई फराकिलो बनाउन सक्नुपर्छ । नयाँ भएकाले अन्यौल भएको हुन सक्छ ।’ स्थानीय तहबाट दैनिक आठ–दश वटासम्म समाचार आउने गरेको भन्दै नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीले भने, ‘अधिकांस पत्रिका गाउँपालिकाले नै बनाएका समाचारले भरिएको देखिन्छन् ।’
बाँकेमा आठवटा स्थानीय तह छन् । एक उपमहानगरपालिका, एक नगरपालिकासहित छ वटा गाउ“पालिका छन् । नेपालगन्ज उपमहानगरपालिकामा शुक्रऋषी चौलागाई, डुडुवा गाउँपालिकामा राकेश मिश्र, नरैनापुर गाउ“पालिकामा नविन गिरी, राप्तीसोनारीमा अर्जुन ओली, खजुरा गाउ“पालिकामा दुर्गा रोकायलाई ‘प्रेस सल्लाहकार’ नियुक्त गरिएको छ । जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका प्रेस सल्लाहकार नियुक्तिको तयारीमा छन् ।
पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष सुवेदी भन्छन्, ‘पत्रकार स्वयं प्रेस सल्लाहकार हुँदा गाउँपालिकाका समाचारहरु सञ्चारमाध्यममार्फत जनताले थाहा पाउनु भन्ने मनसाय गाउँपालिका र स्वयं प्रेस सल्लाहकार कै होला । तर के प्रेस सल्लाहकारको भूमिका यत्तिमात्र हो त ?’ महासंघ अध्यक्ष थारुले प्रेस सल्लाहकारको भूमिका बृहत हुनुपर्ने र समाचार लेख्ने र पठाउनेमै सिमित हुन नहुने उनको तर्क छ । प्रेस सल्लाहकारले प्रेससंग जोडिएका नीति निर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने र आफुले समाचार पठाउने भन्दा पनि स्वयं सबै पत्रकारलाई स्थानीय तहमा सूचनाको पहुँच बढिभन्दा बढि पुर्याई आलोचनात्मक समाचार लेख्न प्रेरित गर्नुपर्ने धेरैको सुझाव छ ।
‘अनुगमनमा पनि आफै जाने, समाचार पनि आफै पठाउने मात्र हो भने त्यो सूचनामाथि प्रेस सल्लाहकारले सिण्डिकेट नै चलाएको मान्नुपर्छ । त्यसले स्थानीय तहले गरेका कमीकमजोरी ढाकछोप गर्ने काम मात्र गर्छ । त्यस्तो हुनबाट प्रेस सल्लाहकारले रोक्नुपर्छ । अब पत्रकार नै प्रेस सल्लाहकार भएपछि यस्ता कुराबाट जोगिनुपर्छ,’ महासंघ अध्यक्ष थारुले भने । त्यसो त प्रेस सल्लाहकारहरु आफै के के गर्ने भन्ने बिषयमा अन्यौलमा छन् । पत्रकार पृष्ठभुमीकै भएका कारण भइरहेका गतिबिधिहरुका बिषयमा ‘समाचार लेखेर पठाइदिने’ जनप्रतिनिधिको अपेक्षा हुने गरेका कारण समाचार पठाउने गरेको तर्क प्रेस सल्लाहकारको छ ।
खजुरा गाउँपालिका प्रेस सल्लाहकार प्रेससँग जोडिएका नीति निर्माणका तहमा आफुले गाउँपालिकाका भूमिका खेल्ने बताए । उनले भने, ‘भर्खर नै भएका कारण ठुलो भुमिका पाउन सकिएको छैन । अब भने नीति निर्माण तहमै भूमिका खेल्ने गरी काम गरिन्छ ।’ अन्य प्रेस सल्लाहकारहरुको तर्क पनि यस्तै छ । उनीहरुले नयाँ भएकाले अन्यौल रहे पनि अब भने नीति निर्माणका लागि जनप्रतिनिधिहरलाई दबाब दिने बताए ।
।