सूचनाको शक्ति - The Power Of Information

        

घरमै बसेर राजश्व बुझाउन पाइने

काठमाडौं । अब घरबाटै राजश्व बुझाउन पाइने भएको छ। सरकारले आजबाट राजश्वमा इपेमेन्ट (विद्युतीय) भुक्तानी सुरू हुने भएको छ।
विद्युतीय भुक्तानी सुरू भएसँगै करदाताले यस्तो सुविधा पाएका छन्।
आज बिहान साढे १० बजे अर्थमन्त्रालयमा इपेमेन्टको लागि मिलाएको सर्वर अर्थमन्त्रीबाट सुरुवात गरिदै छ। महालेखा नियन्त्रणको कार्यलयले बुधबार करदाता सेवा कार्यलय ठेमेलबाट विद्युतीय भुक्तानी सुरू गर्ने भएको छ। बुधबारबाट ठमेल करदाता सेवा क्यलयमा कर तिर्ने करदाताले विद्युतीय भुक्तानी गर्न पाउँने छन्। आगामी साउनसम्म भने सबै करदाता कार्यलयमा विद्युती भुक्तानी गर्ने तयारी महालेखा नियन्त्रण कार्यालयको छ।

अर्थमन्त्रीमा डा.युवराज खतिवडाले मन्त्रालयमा पदबहाली भएपछि पहिलो निर्णयको रूपमा सरकारको आम्दानी र खर्चमा विद्युतीय प्रणाली ई-पेमेन्ट लागू गर्ने निर्णय गरेका थिए।
पहिलो चरणमा निश्चित कार्यलयका करदातालाई ई-पेमेन्ट गराउने र साउनदेखि सबैलाई ई(पेमेन्ट लगाउँने गरी तयारी गरिएका महालेखाका अधिकारीले बताए। नेपाल किलियरिङ हाउस लिमिटेड ९एनसिएचएल० सँगको समन्वयमा महालेखा नियन्त्रको कार्यालयले राजस्‍वमा ई-पेमेन्ट सुरु गर्न थालेको हो।
अहिलेसम्म नेपाल ७४ वटा वित्तीय संस्थाले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (आइपिएस) सेवा सञ्चालन गरेकोमा साउनदेखि यी सबै बैंहरूबाट यो राजस्‍व तिर्ने मिल्ने व्यवस्था गर्न सकिने बताइएको छ। अहिले भने कर ६ वटा बैंकले मात्रै खाता म्याचिङ गरेर तयार अवस्थामा रहेका छन्। करदातालाई सहज ई-पेमेन्ट लागू भएपछि पारदर्शिता र करदातालाई सहज हुनेछ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ०३:०२