सूचनाको शक्ति - The Power Of Information

        

सरकारको विकासको गती सुस्त भएको भन्दै स्थानियद्धारा सडक निर्माण

ताप्लेजुङ । ताप्लेजुङका ग्रामीण क्षेत्रका बासिन्दाले आफ्नै लगानीमा सडक निर्माण गरी यातायातको पहुँचमा पुयाएका छन् । जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका स्थानीयले आफ्नै लगानीबाट कच्ची सडक निर्माण गरेर गाउँमैै यातायात पु¥याएका हुन् । सरकारले गरेको काम सुस्त भएको भन्दै स्थानीयले २०७२ सालबाट एक करोड रुपैयाँ संकलन गरेर सडक विस्तारको काम शुचारु गरेका थिए । सिरिजंघा गाउँपालिकामा पर्ने आम्वेगुदिनको हाप्पुखोलाबाट सुरु गरिएको सडक निर्माणको काम हाल साविकको खेवाङ गाविस सम्म पुगीसकेको छ । हाप्पुखोलादेखि झन्डै ८ किलोमिटरमा पर्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेसम्म समुदायको लगानीमा सडकको ट्रयाक खोलिएको र त्यसपछि साविक जिल्ला विकास समिति र स्थानीय तहको झन्डै २ करोड रुपैयाँको सहयोगमा थप बाटो निर्माण भइरहेको छ । सडक निर्माण गर्न स्थानीयले ५ हजार देखि १ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । सडक निर्माणसँगै साना यातायातका साधन सञ्चालन हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार ०७:४४