सूचनाको शक्ति - The Power Of Information

        

ट्याक्टर दुर्घटनामा एक महिलाको ज्यान गयो


तिलक गाउँले । बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मानपुरमा ट्याक्टर दुर्घटनामा परि एक महिलाको ज्यान गएको छ । नेपालगन्जदेखि जानकी गाउँपालिका इन्द्रपुर हुँदै खजुरा गाउँपालिका २ सितापुरतर्फ गइरहेको भे १ त ४००६ नम्बरको ट्याक्टर पल्टिदा बर्दिया राजापुर नगरपालिका वडा नम्बर ३ मुरैया घर भएकी ४० बर्षिया देवानी थारुको घटनास्थलमै मृत्यु भएको हो ।
मजदुरी गर्न नेपालगन्ज बस्दै आएकी देवानीको मंगलबार बिहान बाँकेको ‘सी’ गाउँमा घर ढलान सम्बन्धी काममा जाँदै गर्दा ट्याक्टरमा सवार उनको मृत्यु भएको हो । उक्त ट्याक्टर दुर्घटनामा कालुराम चौधरी घाइते भएका छन् । घाइते कालुरामको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।
घाइते चौधरी बारबर्दिया नगरपालिका वडा नम्बर १० मा बस्दै आएको प्रहरीले जनाएको छ । त्यस्तै ट्याक्टर चालक हैरानु चौधरी पनि घाइते भए पनि चालक फरार भएको प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धान भइरहेको र फरार चालकको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ । मृतकको शब पोष्टमाटम गरि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार ०७:१६