सूचनाको शक्ति - The Power Of Information

        

हत्याका फरार आरोपी पक्राउ


बाँके । हत्याको आरोपमा फरार रहेका मेराजअलि बेहनालाई १९ वर्षपछि प्रहरीले नेपालगन्जबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई आइतबार नेपालगन्ज उपमहानगरपालिका–१६ बाट पक्राउ गरेकोे जानकारी दिइयो ।
वि.सं २०५५ असोज २८ गते बेहनालगायत छ जनाको समूहले बाँकेको बालेगाँउमा भारतीय नागरिक सावलीप्रसाद बर्माको हत्या गरेको आरोपमा उनी फरार रहँदै आएकोे पत्रकार सम्मेलनमा जनाएको छ । यसैबीच, बाँके कोहलपुर नगरपालिका—५ पृथ्वीनगरका ५१ वर्षीय कृष्णलाल पौडेल विगत पाँच दिनदेखि हराइरहेका छन् ।
यही वैशाख ५ गते औषधि किन्न भारतीय बजार रुपैडिहा जान्छु भनि घरबाट निस्केका पौडेल अहिलेसम्म घर फर्किएका छैनन् । जग्गाका कारोबारी पौडेलको परिवारस्तरबाट खोजी गर्दा पनि नभेटिएपछि उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ । परिवारको तर्पmबाट वैशाख ८ गते खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दर्ता गराएको उनका सम्धी पूर्णप्रसाद लम्सालले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार ०५:०८