सूचनाको शक्ति - The Power Of Information

        

कार्यविधि आयो कारबाही सुरु, प्रति हेक्टरमा साढे १ किलो विषादी

नेपालीहरुले खाने तरकारीमा प्रति हेक्टर १ किलो ६ सय ५ ग्राम विषादी प्रयोग गर्ने गरेको पाइएको छ । बालि संरक्षण निर्देशालयका निर्देशक अच्युत प्रसाद ढकालका अनुसार तरकारीमा कुल १६ सय ५ ग्राम विषादी प्रति हेक्टर क्षेत्रफलमा प्रयोग गर्दै आएको पाइएको हो । हाल ३ सय ९३ ग्राम खास विषादी प्रति हेक्टरका प्रयोग हु“दै आएको छ । जसमा अन्य अर्गानिक विषादीको तथ्यांक समावेश गरिएको छैन ।
भौगोलीक विभाजन अनुसार नेपालमा सबैभन्दा बढि तराई क्षेत्रमा विषादी प्रयोग ह“ुदै आएको छ । बालि संरक्षण निर्देशानलय काठमाडांैका अनुसार तराई क्षेत्रमा खास मात्रामा विषादी ०.९९५ किलो÷प्रति हेक्टरमा प्रयोग हु“दै आएको छ । यस्तै पहाडी क्षेत्रमा ०.३१४ किलो प्रति हेक्टर, उच्च पहाडमा ०.०८५ किलो प्रति किलो र उपत्यकामा कुल ०.४७० किलो प्रति हेक्टरमा विषादी प्रयोग हु“दै आएको हो ।
पुराको विकास क्षेत्रको विभाजन अनुसार सबैभन्दा बढि माध्यमाञ्चल विकास क्षेत्रमा विषादीको प्रयोग हुने गरेको तथ्यांक पाइएको छ । जस अनुसार माध्यमाञ्चलमा कुल १.०१५ खास विषादी प्रतिकीलो प्रति हेक्टरमा प्रयोग हु“दै आएको छ । यस्तै सुदुर पश्चिमा ०.१४६, मध्यपश्चिमाञ्चलमा ०.२२५, पश्चिमाञ्चललमा ०.२७६ र पुर्वाञ्चलमा ०.६१६ प्रतिकीलो प्रति हेक्टरमा विषादी प्रयोग हु“दै आएको हो ।
बालीगत रुपमा नेपालमा सबैभन्दा बढि तरकारी बालिका खास विषादी प्रयोग गर्ने गरिएको पाइएको छ । जसमा तरकारी बालिमा १.६०४६९३ प्रति किलो÷हेक्टरमा प्रयोग हुदै आएको छ । यस्तै खाद्यान्न वालीमा ०.०४६१२५ प्रतिकिलो÷हेक्टर, नगदेवालीमा ०.१८६५४२ प्रतिकिलो÷हेक्टर, दालवालीमा ०.०५००७५ प्रतिकिलो÷हेक्टर, र फलफुलमा ०.०२९१८७ प्रतिकिलो÷हेक्टर खास विषादी प्रयोग हुदै आएको छ ।
मानव स्वास्थ्यमा विषादीका तत्कालिन असरहरुमा आंखा दुख्नु, छाला चिलाउनु, टाउको दुख्नु, कमजोरी, स्वांस फुल्नु, पसिना निस्कनु, जीऊ दुख्नु, हाथ फुट्नु, घांटिमा अप्ठयारो हुने लगायतका समस्याहरु देखिने गरको छन् । यस्तै दिर्घकालिन रुपमा विषादीको बढि प्रयोगबाट क्यान्सर, स्वास प्रस्वास सम्वन्धि रोगहरु, स्नायूजन्य र व्यवहारजन्य असरहरु, प्रजनन् र विकासमा असरहरु, प्रतिरोधी क्षमतामा असर समेत देखिने गरको बालि संरक्षण निर्र्देशलायलयका निर्देशक अच्युत ढकालको भनाई रहेको छ ।
कार्यविधी पारित अव कारवाही सुरु
कार्यविधिको अभावको कारण बुटवलमा स्थापना गरिएको विषादी अन्वेषण दुत्र विश्लेषण ईकाई (प्रयोगशाला) नाम मात्रैको रहेको छ ।
स्थानिय बजार तथा अन्य स्थानबाट विषादी प्रयोग गरिएको नमुना संकलन गरेर ल्याएर ल्याव परिक्षण मात्रै गर्ने गरिएको थियो । स्पष्ट कार्यविधि अभावको कारण बढि विषादी प्रयोग गरिएको फलफुल तथा तरकारी नष्ट गर्न वा कारवाही गर्ने वातावरण थिएन । तर अव कार्यविधि पारित भएपछि यस विषयमा काम कारवाही अगाडी बढ्ने भएको छ । विषादी अन्वेषण दुत्र विश्लेषण ईकाई( प्रयोगशाला) बुटवलका प्रमुख बालि संरक्षणा अधिकृत राम बहादुर खत्रीका अनुसार अव विषादी अवशेष द्रुत बिश्लेषण कार्यक्रम संचालन कार्य्बिधि २०७१ को प्रथम संसोधन २०७४ पारित भएको छ । सोही कार्यविधि अनुसार निर्देशक समिति गठन गरी सोही अनुसार नै कारवाही प्रक्रिया अगाडी बढाउन लागिएको हो ।
जसको समितिको अध्यक्षमा वरिष्ठ कृषि विकास अधिकृत जिल्ला कृषि विकास कार्यालय रहने व्यवस्था छ भने सदस्यहरुमा वरिष्ठ वाली संरक्षण अधिकृत क्षेत्रीय वाली संरक्षण प्रयोगशाला, वजार समितिको अध्यक्ष, अधिकृत प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, प्रतिनिधि, जिल्लास्तर कृषक समुह÷ कृषक समुह महासंघ, प्रतिनिधि, विषादी व्यवसायी संघ, उपभोक्ता अधिकारकर्मी, अधिकृत प्रतिनिधि, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण योगशाला, प्रतिनिधि नगरपालिका÷गाउ पालिका रहने छ । जसको सदस्य सचिवमा प्रमुख, विषादी दु्रत विश्लेषण प्रयोगशाला रहने व्यवस्था रहेको छ । सोही अनुसार अव ल्याव परिक्षण गर्दा केही कैफियत भेटिएका सोही समितिको सिफारिसमा काम कारवाही अगाडी बढ्ने भएको हो ।
बुटवलमा रहेको ईकाईले बुटवल कृषि उपजका साथै प्रदेश नं ५ का अन्तरगतका अन्य तरकारी तथा फलफूल बजारहरुको समेत अनुगमन नियमन गर्ने छ । इकाई बुटवलले गत चैत महिनासम्म गरेको कुल ३ सय ११ वटा नमुना परिक्षणबाट हरियो रङ्गको नतिजा अर्थात खान योग्य नमुना परिक्षण कुल ३ सय ७ वटा रहेका पाइएको छ । यस्तै पहेलो रङ्गको ४ वटा नमुना रहेका छन् । जुन नमुना परिक्षणा गरको दुई दिन पछि मात्रै उपभोक्ताहरुले उक्त बस्तु सेवान गर्न सक्नेछन् । यस्तै बुटवलमा परिक्षण गरिएको फलफुल तथा तरकारीमा खानै नमिल्ेन गरी रातो रङ्गको नतिजा भने हाल सम्म भेटिएको छैन ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार ०२:२४