सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी प्रशासन संघिय संरचना अनुसार नै सञ्चालन

भरतपुर ।  गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रशासन संघीय संरचना अनुसार नै सञ्चालन भइरहेको बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीहरु सँग कुरा गर्दै गृहमन्त्री थापाले संघीय प्रणाली कार्यान्वयनका लागी गृह मन्त्रालयले कार्यकारी आदेश जारी गरिसकेको बताउनुभयो । उहाँले देशमा संघीय प्रहरी र प्रदेश प्रहरीको संरचना हुने भन्दै त्यसको समन्वयका लागी कार्यकारी आदेश जारी गरेको उहाँको भनाइ थियो । आदेशले जिल्ला, प्रदेश र संघबीच समन्वयकारी भुमिका खेल्ने उहाँको भनाई छ । अर्को एक प्रसंगमा गृहमन्त्री थापाले एमाले र माओवादी केन्द्रबीच छिट्टै एकता हुने दाबी पनि गर्नुभयो । उहाँले प्राविधिक कारणले एकताको मिति तोक्न मात्र ढिलाई भएको स्पष्ट पार्नुभयो । जनयुद्धको भुमिकालाई संरक्षण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको मोडालिटी कस्तो हुने भन्ने विषय पनि टुंगिसकेको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ०७:४१