सूचनाको शक्ति - The Power Of Information

        

साँगठनिक स्वरुप र निर्वाचन पराजय विषयमा काँगे्रस बैठक केन्द्रीत

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बसिरहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा नेताहरुले संयूक्त प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । निर्वाचन समीक्षाका लागि चलिरहेको बैठकमा प्रस्तुत गर्नका लागि पाँच बुँदे प्रस्ताव तयार भएको नेताहरुले बताएका छन् । केन्द्रीय सदस्यहरुको संयुक्त धारणामा सांगठनिक स्वरुप, निर्वाचनमा पराजय भोग्नुको कारण र विधान विपरीत गठित समितिका विषयमा चर्चा गरिएको बताइएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टी पराजयका कारणबारे समीक्षा भइरहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ०७:०६