सूचनाको शक्ति - The Power Of Information

        

मुलुकको समृद्धि का लागि पर्यटन प्रवद्र्धन

काठमाडौं  । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन ।
पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया ग्रुपको चौथो वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएको रहेछ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त गरेका छन ।
मन्त्री बस्नेतले मुलुक र जनताको हितलाई सर्वोपरी राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने बताए ।
सांसद हेमकुमार राईले विकास निर्माणमा सबैको ध्यान गएको बताउँदै नयाँ नेपालको सपना साकार पार्न सबै एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए। पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले समृद्धि नारामा मात्रै नभई ठोस योजना तथा कार्यक्रममार्फत हुनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा मन्त्री बस्नेतले शिखरपोष्ट मिडिया ग्रुपको अर्को संस्करण शिखर अनलाइन टेलिभिजनको औपचारिक शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट मुलुकको विकासमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ०७:०४