सूचनाको शक्ति - The Power Of Information

        

ग्यास बुलेट त्रिशूलीमा खस्यो

रत्ननगर नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर त्रिशूली नदीमा ग्यास बुलेट खसेको छ । भारतबाट काठमाडौं आउदै गरेको एच आर ३ एच आर ९७७० नं को ग्यास बोकेको बुलेट अनियन्त्रित भई पल्टिएर त्रिशूली नदीमा खसेको छ ।
उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बुलेटको डिब्बा छुट्टिएर पानीमा डुबेकाले अहिले निकाल्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आइतवार १४:४४