सूचनाको शक्ति - The Power Of Information

        

तरकारी र फलफुलमा विषादी प्रयोग सम्बन्धी कार्यशाला

बुटवल । बाली संरक्षण निर्देशनालय विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकार्य बुटवल र व्यवसायीक कृषि तथा व्याापार आयोजना कार्यान्वयन सहयोग समुह पोखराको संयुक्त आयोजानमा तरकारी र फलफुलमा विषादीको अवशेष सम्बन्धी अभिमुखिकरण बुटवलमा सम्पन्न भएको छ ।
कार्यशालामा बोल्दै बाली संरक्षण निर्देशानलयका निर्देशक अच्युतप्रसाद ढकालले अव सातै प्रदेशका द्रुत विश्लेषण ईकाई कार्यान्वयनमा आएको भन्दै अव कुनै पनि गल्ती कमजोरी भएमा कारवाहीको लागि बाटो खुलेका बताएका थिए । कार्यविधिको अभावमा ल्यावमा टेष्ट गरिएको नमूनामाथि कुनै पनि कारवाही गर्न नसकिएको भन्दै अब यसमा सहज भएको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख मेयर शिवराज सुवेदीले तरकारी तथा फलफुलमा विषादी प्रयोग घातक भएको भन्दै यसलाई पूर्णरुपमा कार्यान्वन गर्नको लागि आफु जहिले पनि तयार रहेको बताएका थिए । यस्तै उनले यसबाट नेपालीहरुमा विषादीको जोखिम कमगर्न केही सहज हुने धारणा राखेका थिए ।
कार्यशालामा बरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले विषादी अवशेष द्रुत बिश्लेषण कार्यक्रम संचालन कार्यविधि २०७० को बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । इकाई बुटवल शाखा प्रमुख बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले बुटवल प्रयोगशालाले गर्दैै आएका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । कार्यशाला रुपन्देही, पाल्पा, कपिलवस्तु लगायतका जिल्लाका किसान, प्राविधिक, व्यवसायीहरुको सहभागीता थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आइतवार १२:२९