सूचनाको शक्ति - The Power Of Information

        

बुटवलमा शुभयात्रा नेपाल होलिडेज

बुटवल । विगत १६ बर्षदेखि युएईमा आफ्नो व्यवसाय गर्दै आएका कृष्णप्रसाद भट्टराईले बुटवलमा शुभयात्रा होलिडेज टुर्स एण्ड ट्राभल सञ्चालनमा ल्याएका छन् । बुटवल–११ कालिकानगर (कालिका मावि) नजिकै उनले युएईको शाखा बुटवलमा सञ्चालन गरेका हुन् ।
शुभयात्रा ट्राभल एण्ड टुरिजम एलएलसी युएइमा सञ्चालन गर्दै आएका भट्टराईले बुटवल कालिकानगरमा शुभयात्रा नेपाल होलिजेड प्रालि सञ्चालनमा ल्याएका हुन् । आइतबार पत्रकर सम्मेलनको आयोजना गरी सञ्चालक भट्टराईले विशेषगरी ट्राभल टुरप्याकेजको कार्यक्रमसहित नेपालमा ट्राभल एजेन्सी खोलिएको जानकारी दिए ।
युएइमा रहेका विभिन्न व्याक्तिहरु र फिलिफिन्सलाई समेत नेपालमा ल्याई विभिन्न स्थान घुमाउने उदेश्यका साथ सुरुवात गरिएको सञ्चालक भट्टराईको भनाई रहेको छ । २० लाख लगानीमा सुरु गरिएको ट्राभलमा स्थानीयस्तरको बस, गाडी रिर्जभसहित अन्य अन्तर्राष्ट्रिय एअर, ट्रेन तथा प्याराग्लाडिङ्गको समेत व्यवस्था रहेको जनाइएको छ ।
बुटवल शाखा प्रमुख गणेश भट्टराईका अनुसार ‘उड्न, गुड्न र रमाउनको लागि शुभयात्रा’ भन्ने मुल नारा समेत चयन गरिएको छ । यहि बैशाख १४ गते समुद्घाटन गर्ने कार्यक्रम चयन गरिएकोमा युएइमा घुम्न ६० हजार रुपैयाँमा ४ दिनको प्याकजे समेत तयार गरिएको छ । जुन ५ प्रतिशत छुट गरेर गरिएको हो । सञ्चालक भट्टराईको युएइमा ब्लु सिटी ईलेक्ट्रिकल टे«डिङ्ग नामक कम्पनीसमेत सञ्चालनमा रहेको छ । जसमा नेपालीसहित अन्य गरी कुल ९ जनाले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आइतवार ११:४८