सूचनाको शक्ति - The Power Of Information

        

व्यापार घाटामा सुनचाँदीको २९ अर्ब ७८ करोड योगदान

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा २० अर्ब ३५ करोड रुपैयाँको सुन, ९ अर्ब ४३ करोड रुपैयाँको चाँदी आयात भएको छ । सिमेन्टको क्लिङ्कर १६ अर्ब ४६ करोड रुपैयाँको आयात भएको छ । त्यस्तैगरि, २० अर्ब ३५ करोड रुपैयाँ बराबरको सुन, ९ अर्ब रुपैयाँ रुपैयाँको चाँदी, १० अर्ब २८ रुपैयाँ बराबरको कच्चा भटमासको तेल पैठारी भएको भन्सार विभागको तथ्याङकमा उल्लेख छ ।
नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले वृद्धि भई ८ खर्ब २० अर्ब ६५ करोड रुपैयाँमा सुनचाँदी पुगेको छ । ऊनी गलैंचाको निर्यातमा ९ दशमलब ४ प्रतिशतले कमी भइ ३ अर्ब ९६ करोडको मात्र निर्यात भएको छ । यसैगरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ४.८ प्रतिशतले ह्रास आई रु.३.६२ अर्व, पोलिष्टर तथा अन्य धागोमा २५.५ प्रतिशतले वृद्धि भई ५ दशमलब १२ अर्ब, मुसुरोको दालमा १०.३ प्रतिशतले वृद्धि भई ६९ करोड रुपैयाँ पुगेको छ ।
नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, चीन, युके, युएई, इटाली, फ्रान्स, वंगलादेश, जापान, क्यानडा, भियतनाम र अष्ट्रेलिया आदि प्रमुख रुपमा रहेका छन् । निर्याततर्फ, प्रथम आठ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा २२ दशमलब ५ प्रतिशतले वृद्धि ,पेट्रोलियम पदार्थमा ३७ दशमलब३ प्रतिशतले वृद्धि भएको विभागको तथ्याङकमा उल्लेख छ ।
यसअवधिमा यातायातका पार्टसपुर्जाको आयातभने ३ दशमलब १ प्रतिशतले ह्रास आएको छ । दुरसञ्चारका सामाग्रीहरुमा १० दशमबल ३ प्रतिशतले वृद्धि भएको छ । यसैगरी २० अर्ब ३५ करोड रुपैयाँको सुन, ९ अर्ब ४३ करोड रुपैयाँको चाँदी आयात भएको छ । नेपालको पैठारी व्यापारमा भारत, चीन, इण्डोनेशिया, भियतनाम, अर्जेन्टिना, थाइलेण्ड, दक्षिण कोरिया, मलेशिया, संयुक्त राज्य अमेरिर्का, फ्रान्स, साउदी अरेविया, जर्मनी, जापान र युएइ प्रमुख रुपमा रहेका छन् ।
नेपालका प्रमुख व्यापारिक साझेदार देशहरु मध्ये निर्याततर्फका प्रमुख गन्तव्यहरुमा भारततर्फ अलैंची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टीलका उत्पादनहरु, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवम् पिना प्रमुख रुपमा निर्यात भएको देखिन्छ । यसैगरी युएसएतर्फ उनी गलैंचा, तयारी पोशाक, काँचका सामानहरु, पश्मिना सल, फेल्टका सामानहरु छुर्पी हस्तकलाका सामानहरु प्रमुख रुपमा निर्यात भएका छन् । जर्मनीतर्फ पनि कार्पेट, तयारी पोशाक, पश्मिना, फेल्टका सामानहरु, चिया टोपी सुतीका झोला, हस्तकलाका सामानहरु कागजका उत्पादनहरु र ट्रान्सफरमरहरु निर्यात भएको पाइन्छ ।
यता नेपालको प्रमुख साझेदार मध्ये एक युके तर्फ भने ऊनी गलैंचा, पश्मिना, तयारी पोशाक, फेल्टका सामानहरु, कागजका सामानहरु, टोपी, हस्तकलामा सामानहरु, सुती झोला र तयारी चाऊचाऊ उल्लेख्य मात्रमा निर्यात भएका छन् । त्यसैगरी नेपालको अर्को महत्वपूर्ण निर्यात गन्तव्यका रुपमा रहेको टर्कीतर्फ भने धागो उल्लेख्य रुपमा निर्यात भएको तथ्यांकले देखाउँछ । हालका केही वर्षहरुमा धागो, छुर्पी, मासु तथा फेल्टका निर्यात भइरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आइतवार १०:२६