सूचनाको शक्ति - The Power Of Information

        

ट्याटु खोप्ने ‘हिरोनी’, नाइटो छेड्ने हिमानी


काठमाडौं । फोटो पत्रकार राजेन्द्र मानन्धरको क्यामेराले ८ वर्षअघि पूर्वयुवराज्ञी हिमानी शाहको ऐतिहासिक तस्बिर कैद गर्यो । दोलखाको नाम्दुमा खानेपानीका सामग्री वितरण गरेर अबरोध भएपछि तामाकोसीवासीले हिमानीका लागि बाटो खुलाइदिए । मन्द मुस्कानमा धन्यवाद दिन गाडीबाट ओर्लिँदा मानन्धरको क्यामेराले हिमानीको तस्बिर कैद गर्यो । तस्बिरमा हिमानीले नाइटो छेडेको (पिर्यसिङ) गरेको पनि कैद भयो ।
सारीमा रहेकी हिमानीको उक्त तस्बिरको ठूलो चर्चा हुँदाहुँदै पनि कतिपयले यसलाई ‘नीजी इच्छा’ भनेर प्रतिक्रिया दिए । राष्ट्रिय मिडियामा नै उनको यो तस्बिरको चर्चापरिचर्चा भएपछि ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाह रिसाएका थिए । त्यसपछि हिमानीले पियर्सिङ हटाइएको चर्चा पनि भयो । यस विषयमा उनले कुनै प्रतिक्रिया जनाइन् । खासगरी राजपरिवारमा विवादीत विषयमा मिडियामा बोल्ने चलन नरहेका कारणले पनि हिमानीको प्रतिक्रिया नआएको हो ।
आठ वर्षको यो अन्तरालमा उनको यस्ता तस्बिर कतै सार्वजनिक भएनन् । जबकी, सार्वजनिक कार्यक्रममा उनको सहभागीता झन् बाक्लियो । सायद, हटाएको हुनुपर्छ । भीआइपीका पिर्यसिङ देखिँदा आम जनमानसमा फरक धारणा पैदा हुन्छ । भीआइपी सरल, स्वभाविक र विचरण गर्ने क्षमताका हुन्छन् भन्ने धारणा परिवर्तन यस्ता दृश्यहरूले गर्छन् ।
नाइटोको पिर्यसिङ साधारण भइसकेको छ । नेपालकै कतिपय सेलिब्रीटिका नाइटोका पिर्यसिङलाई साधारण रूपमा लिन थालिएको छ । तर, नेपाली हिरोइनहरूमा बढेको स्तनमा ट्याटु खोपाएर भाइरल बनाउने विषयको भने चर्चा हुन थालेको छ । कतिपयले त ढाडमा, तिघ्रामा, हातमा पनि ट्याटु खोपाएका छन् । नयाँ शक्ति नेपालकी नेत्री तथा अभिनेत्री करिश्मा मानन्धरले स्तनमा ट्याटु खोपाएकी छन् ।
प्रायः क्लिभेज देखिने हुँदा उनको ट्याटु प्रष्ट देखिन्छ । विभिन्न पार्टी र कार्यक्रमतिर पुग्दा उनी हल्का ट्याटु देखिने पहिरन लगाएर पुग्छिन् । लालीगुराँसको चित्र उनको स्तनमा खोपिएको छ । गएको १ अप्रिलमा प्रधानमन्त्री केपी शर्मा ओलीले लञ्चमा बोलाउँदा बालुवाटारमा ट्याटु देखाएर पुगेकी थिइन्, उनी । त्यसबेला भने ट्याटुको चर्चा चुलियो ।
आधुनिक पुस्ताकी चलेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणाले स्तनको तल्लो भागमा खोपाएको ट्याटुको कम चर्चा भएन । ट्याटु बनाउनेले नै उक्त तस्बिर सामाजिक सञ्जालमा राखेपछि भाइरल भयो । साम्राज्ञीले यस विषयमा प्रष्टीकरण समेत दिएकी थिइन् । अभिनेत्री सुष्मा कार्कीले पनि छातीमा ट्याटु खोपाएकी छन् । सुष्माले शान्तिको पिस, स्टार र गुलाबको फूललाई ट्याटुमा अंकित गरेकी छन् ।
पुरूषहरूको पहिलो नजर केटीहरूको छातीमा जाने भएकाले आफूले छातीमै ट्याटु बनाएको उनले बताउँदै आइरहेकी छन् । उनी छातीमा खोपिएको ट्याटु घरिघरि देखाइरहन अप्ठेरो मान्दिनन् । अभिनेत्री शुभेच्छा थापाले पनि छातीमा नेपालको झण्डाको ट्याटु खोपेकी छन् । उनले दुई वटा झण्डा भएको ट्याटु खोपेकी छन् । आफूलाई सेक्सी देखाउनका लागि उनले ट्याटु खोपाएको बताइन्छ ।
अभिनेता भुवन केसीसँग बस्दै आएकी अभिनेत्री जिया केसीले पनि स्तनमा ट्याटु खोपाएकी छन् । फोटोसुटका क्रममा उनले ट्याटुलाई खुलेर एक्सपोज गर्ने गरेकी छन् । गायिका पछिल्लो समय बोल्ड अन्तरवार्ता र फोटोसुटका कारण लोकदोहोरी गायिका लक्ष्मी आचार्य चर्चामा छिन् । उनले पनि स्तनमा ‘ऊँ’को ट्याटु खोपाएकी छन् ।
आफूलाई सेक्सी देखाउन र अरूको ध्यान खिच्न यस्तो ट्याटु बनाएको बताउने उनी गायनभन्दा पनि हट फोटोसुट र युट्युब इन्टरभ्युका कारण चर्चामा छिन् । स्तनबाहेकका ठाउँमा ट्याटु खोप्ने र पिर्यसिङ गर्नमा धेरै अभिनेत्री अगाडी छन् । प्रियंका कार्कीले ढाडमा ट्याटु खोपाएकी छन् । उनको ट्याटु हरेक पहिरनमा प्रष्ट देखिन्छ । प्रायः उनी ढाड खुलेको पहिरन लगाउँछिन् ।

पिर्यसिङ र ट्याटु किन खोपिन्छ ?
गोप्य अंगमा ट्याटु खोप्ने र पिर्य्सिङ गर्न रूचाउनेहरूले आफुलाई ‘सेक्सी र बोल्ड’ देखाउने प्रयास हो । मनोविज्ञ करूणा कुँवरका अनुसार कतिपयले स्तनमा ट्याटु खोप्छन् र आधा ट्याटु देखिने गरी ‘ओपन ड्रेस’ लगाउँछन् । गोप्य भागमा ट्याटु खोपेर देखाउन खोज्नेहरूको मानसिकता यौनिकतासँग लुकेको हुन्छ । ‘मेरो यौनिकता यसरी देखाउने ?’ भन्ने भावना उसमा हुन सक्छ ।
कतिपयले सुन्दर फूलको ट्याटु स्तनमा खोपेर आफ्नो यौनिकता चित्रित गर्न खोजिरहेका हुन्छन्,’ उनी भन्छिन् । यसको सकारात्मक परिभाषा, मान्छेको ध्यान आफूतिर खिच्ने कलात्मक प्रयोग हो । ट्याटु एउटा लत पनि रहेको उनी बताउँछिन् । ‘सियोले घोपिरहँदाको आवाजले उनीहरूलाई आनन्द महसुस गराउँदो रहेछ । खोपाइको एडिक्सन, आवाजको एडिक्सनमा परेपछि उनीहरू पटकपटक खोपाउने रहेछन्,’ उनले भनिन्, ‘अध्ययनका क्रममा मैले बुझेको यहि हो ।’
‘मैले दुई जना विदेशी केटी भेटेकी थिएँ । उनीहरू दुवैले एउटै सिम्बोल भएको ट्याटु शरीरको एकै भागमा खोपाएको पाएँ । उनीहरू बेस्ट फ्रेन्ड रहेछन् । घुम्न जाँदाको सुन्दर क्षण बिर्सन दिनुहुँदैन भनेर त्यसरी खोपाएका रहेछन् ताकि ट्याटु देख्नासाथ मित्रताको सम्झना होस्,’ उनले आफ्नो अध्ययनको निचोडहरू सुनाइन् । विशेषगरी महिलाहरूले शरीरको गोप्य भागमा ट्याटु खोपाउने गर्छन् । आफूलाई ‘आइ एम भेरी सेक्सी’, ‘आइ एम नाइस एन्ड ब्युटीफुल’ भनेर चित्रण गर्न खोजिरहेको पनि हुनसक्छ ।
ट्याटु र पिर्यसिङ आजको पुस्ताको फेसन पनि बनेको छ । आम साधारणको ठूलो जमातले यसलाई स्वीकार गरिसकेको छ । यद्यपि यी सबैका प्रेरणा र आधारका स्रोत भनेका भीआइपी र सेलिब्रीटि नै हुन् । यसैले ‘नाइटो छेड्ने हिमानी र ट्याटु खोप्ने ‘हिरोनी’को प्रभाव जता ततै बढ्न थालेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आइतवार ०९:०९