सूचनाको शक्ति - The Power Of Information

        

५० वर्षीय वृद्ध जीतबहादुर मगर पक्राउ

बिराटनगर । ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ५० वर्षीय वृद्ध जीतबहादुर मगर पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, बेलबारीको टोलीले झापाको गौरीगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।
यसअघि उनले जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नं–७ की ८ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए । र, जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने प्रयास भएको थियो ।
बिस्कुट दिने वहानामा घरमा बोलाएर मगरले बालिकामाथि बलात्कार गरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ । पीडित बालिकाकी ११ वर्षीया दिदीले त्यो सबै देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी उल्लेख गरिएको छ ।लगत्तै, उनलाई बेलबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचारपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार गर्न लगिएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार ०८:१६