सूचनाको शक्ति - The Power Of Information

        

अन्तर्राष्ट्रिय उडान १२ बजेसम्ममा सञ्चालनमा आउने

काठमाडौं । मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्न १२ बजेपछि खुल्ने भएको छ ।
अहिले उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको र १२ बजेसम्म उक्त काम सकेर पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठकुरले जानकारी दिए ।
मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेको थियो । उक्त घटनापछि अन्तर्राष्ट्रिय उडान बन्द भए पनि आन्तरिकतर्फका उडान भने बिहानदेखि नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा १३९ यात्रु रहेको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार ०५:३७