सूचनाको शक्ति - The Power Of Information

        

नौं महिनामा एक अर्ब २२ करोड नाफामा सिद्धार्थ बैंक

काठमाडौं । सिद्धार्थ बैंकले ९ महिनामा आफ्नो नाफा २८.४२ प्रतिशतले बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । २०७४ चैत मसान्तसम्ममा ९५ करोड नाफा कमाएको बैंकले २०७५ चैतमा २५ करोड रुपैंयाँ बढाएको हो ।
सिद्धार्थले ७५ अर्बमा रहेको निक्षेपलाई बढाएर ८९ अर्ब पुर्याएको छ भने खुद ब्याज आम्दानी पनि एक अर्ब ८६ करोडबाट बढाएर २ अर्ब २० करोड पुर्याएको देखिन्छ । बैंकले ३८ करोेड प्रोभिजन गर्दा २६ करोड राइट ब्याक प्राप्त गरेको छ । १.७१ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर १.३१ प्रतिशतमा झारेको छ ।
बैंकको स्प्रेड दर ३.६८ प्रतिशत कायम छ भने सिसिडी रेसियो ७८.१० प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर ११.३० प्रतिशत रहेको छ । सिद्धार्थ बैंकको प्रति सेयर आम्दानी २०.५२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १४४.९५ रुपैंयाँ रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार ०५:२९