सूचनाको शक्ति - The Power Of Information

        

दुर्घटनाग्रस्त विमान नहट्दा अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । मलेसियाको उडानको क्रममा रहेको मालिन्दो एयर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार राती दुर्घटनाग्रस्त भएपछि विमानस्थल बन्द रहेको छ । गएराति देखि बिमानस्थलबाट हुने सबै उडान अवतरण बन्द रहेको विमानस्थलका प्रबक्ता प्रेमनाथ ठाकुरले बताए ।
ग्राउण्डेड बिमान हटाउन राति पानी परेकोले सम्भव नभएकोले आज बिहानैदेखि प्रयास जारी राखिएको प्रबक्ता ठाकुरले बताए । उन अनुसार अझै विमानस्थल सन्चालनमा आउन झण्डै २ घण्टा लाग्नेछ । मस्कट, फ्लाइ दुवई, कुवेत लगायतका विमान कम्पनीका जहाज बाटोबाटै नयाँ दिल्ली, लखनऊ लगायतका ठाउँमा अवतरण गराइएको छ भने कतार एयर लगायतका केही कम्पनीले शुक्रबारको लागि काठमाडौंको उडान स्थगित गरेका छन् । यसले हजारौं यात्रुलाई समस्या परेको छ ।
आन्तरिक उडान भने छिट्टै सन्चालनमा ल्याउने तयारी भइरहेको प्रबक्ता ठाकुरले बताए । गएराति पौने १० बजे मलेसियाका लागि उड्न लाग्दा मालिन्दो एयरको विमान धवानमार्गमा अनियन्त्रित भएर ग्राउण्डेड भएपछि सबै उडान तथा अवतरण अवरुद्ध बनेको हो । मलेसियाको क्वालालम्पुरका उड्न लाग्दा धवानमार्ग छोडेर बिमान चौरतिर पुगेको थियो । बिमान धवानमार्ग भन्दा १३० फिट दक्षिण पुगेर जमिनमा धसिएको छ । जहाजमा रहेका चालक दलका सदस्यसहित सबै १३९ यात्रु सकुशल छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार ०३:४९