सूचनाको शक्ति - The Power Of Information

        

गएराति मालिन्दो एयरलाइन्सको विमान चिप्लिएपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको छ ।
काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको राति पौने १० बजे विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार उक्त जहाज त्यहाँबाट नहटाएसम्म अन्तर्राष्ट्रिय उडान कुनै पनि हुन सक्ने अवस्था छैन । राति पौने १० बजेदेखि नै अन्तर्राष्ट्रिय उडान ठप्प भएको उनले जानकारी दिए ।
चालक दलका सदस्यसहित १३९ जना यात्रु रहेको विमानमा सबै यात्रु सकुशल रहेको जानकारी दिए । मालिन्दो एयरको विमान बोइङ ७३७–९ जीपी (इआर) कोटेश्वरतर्फको धावनमार्गमा चिप्लिएको प्रवक्ता ठाकुरले जानकारी दिए

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार ०१:०४