सूचनाको शक्ति - The Power Of Information

        

हत्या अभियोगमा केवट पक्राउ


बुटवल । रुपन्देही ओमसतिया गाउँपालिका ६ वृन्दावनकी १५ वर्षीया सरस्वती हरिजन हत्या अभियोगमा स्थानीय १८ वर्षीय किशोर प्रेमसागर केवट पक्राउ परेका छन् । रुपन्देही प्रहरीले उनीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक सरस्वतीसँग प्रेम सम्बन्ध बढ्दै गएको र सोमवार एकरातसँगै वसी शारीरिक सम्बन्ध गरेको तर विवाद भएपछि उनैको कपालले घाँटी कसिदिएर भागेको अभियुक्तको भनाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए । गत सोमवार साझ घरबाट हराएकी युवती भोलिपल्ट विहान घरदेखि तीन खिलोमिटर परको खेतमा मुख र खुट्टामा चोट लागेको र मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार १२:१६