सूचनाको शक्ति - The Power Of Information

        

आठ महिनासम्म सात खर्बको व्यापार घाटा

काठमाडौं । नेपालको बैदेशीक व्यापार घाटाको अंक हरेक महिना बढ्दै गइरहेको छ । गत महिना बैदेशीक व्यापार घाटाको अंकमा आठौ महिनासम्ममा आउँदो अर्को एक खर्ब थपिएको छ ।
गत महिना ६ खर्ब १३ खर्ब ६० लाख २ हजार ९५६ रहेकोमा चालू आर्थिक वर्षको आठ महिनासम्ममा ७ खर्ब १३ अर्ब ९३ लाख ४ हजार ५८४ रुपैयाँ पुगेको छ ।
गत सातौ महिनामा नेपालको बैदेशीक व्यापारमा भारत तर्फमात्र ४ खर्ब ५ अर्ब १४ लाख ४ हजार ९४९ रहेको थियो भने आठौं महिना भारत तर्फको व्यापार घाटा बढेर ४ खर्ब ७१ अर्ब ६९ लाख ५ हजार पुगेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै अर्को छिमेकी देश चीनसँगको बैदेशीक व्यापार पनि त्यस्तै कहली लाग्दै रुपमवा घाटामा रहेको छ । चालू आर्थिक वर्षको आठ महिनासम्ममा चीन तर्फ ९९ अर्ब १४ करोड २ हजार १२७ रुपैयाँ छ भने गत महिना ८६ अर्ब ७९ करोड ४ हजार २५३ रहेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार ०७:१३