सूचनाको शक्ति - The Power Of Information

        

छिनछिनमै बिजुली जाँदा लोडसेडिङको त्रासमा नागरिक

काठमाडौं । छिनछिनमै बिद्युत काटिन थालेपछि नागरिकमा फेरी लोडसेडिङको त्रास उत्पन्न भएको छ । केहि दिनदेखि दैनिक पाँचरसात पटक बिजुली जानेरआउने क्रम प्रक्रिया जारी छ । के यो लोड सेडिङको संकेत हो ? भन्ने प्रश्नको जवाफमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भन्छन्,‘होइन ।’
उनले चैत बैशाख महिनामा हावा हुरीले विद्युत प्रसारणलाइनमा समस्या उत्पन्न गरेकाले छिनछिनमै विद्युत जाने र आउने क्रम बढेको बताए । ‘लोडसेडिङ हुँदैन, हावा हुरीले समस्या आएको हो, हामी उचित व्यवस्थापन गरिरहेका छौं’, प्राधिकरणका प्रवक्ता अधिकारीले भने ।
ढल्केबर देखि हेटौडासम्मको विद्युत प्रसारणलाइनमा अधिक समस्या देखिएको उनले बताए । सो प्रसारणलाइनले १९० मेगावाट विद्युत बोक्ने क्षमता राख्छ । हावा हुरीले विद्युतका पोल ढाल्ने क्रम नरोकिएकाले केहि समस्या देखिएको उनले स्वीकार गरे । उनले विद्युत लाइन ट्रिपिङको समस्या पनि देखिएको बताए ।
विद्युतको भाषामा उर्जाको मात्रामा हुने घटबढको मात्रालाई ट्रिपिङ भनिन्छ । विद्युत उत्पादन र आयातमा कुनै समस्या नरहेको पनि उनले स्पष्टीकरण दिए । हाल आन्तरिक उत्पादन र भारतबाट आयात गरेर १०५० मेगावाट विद्युतको आपुर्ति भैरहेको छ । भारतबाट ४५० मेगावाटसम्म विद्युत आपुर्ति भैरहेको छ । विद्युतको माग भने १२५० मेगावाट रहेको छ । वितरण प्रणालीमा गरिएको व्यवस्थापनका कारण नागरिकले लोडसेडिङ व्यहोर्नु नपर्ने अधिकारले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार ०६:३६