सूचनाको शक्ति - The Power Of Information

        

दानवीर दम्पत्तीको नेपालगन्जमा नागरिक अभिनन्दन

श्रीजंग शाह र रुद्र कुमारी शाह

श्रीजंग शाह र रुद्र कुमारी शाह


बाँके । दानवीर श्रीजङ्ग शाह र उनकी धर्मपत्नी रुद्रकुमारी शाहको नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको छ । नेपाल नेत्रज्योति संघ, बाँके अन्तरगतको फत्तेबाल आँखा अस्पताललाई काठमाडौंस्थित रु एक अर्बभन्दा बढीको घरजग्गा दान गरेकोमा श्रीजङ्ग शाह र उनकी धर्मपत्नीलाई नागरिक अभिनन्दन गरिएको हो ।
यहाँस्थित होटल स्नेहबाट बग्गीमा राखेर उनीहरूलाई नेपालगन्ज बजार परिक्रमा गराइएको थियो । बजार क्षेत्रका नागरिकहरूले ताली बजाएर उनीहरूको अभिनन्दन गरेका थिए । बजार परिक्रमापछि यहाँस्थित फत्तेबाल आँखा अस्पतालमा आयोजित कार्यक्रममा प्रदेश नंं ५ का प्रमुख उमाकान्त झाले दानवीर श्रीजङ्गलाई अभिनन्दनपत्र र दोसल्ला प्रदान गरी सम्मान गरेका थिए ।
त्यस अवसरमा शाहले सामाजिक संस्थालाई सम्पत्ति दान दिने क्रममा परिवारभित्रै मानसिक यातना दिने काम भएको दुःखेसो पोखे । ‘मेरो छोरीसँग पनि प्रशस्तै सम्पत्ति छ, मेरा नातेदार पनि कमजोर छैनन् तर, मैले सामाजिक संस्थामा दिन लागेको सम्पत्तिमा पनि उनीहरूले अवरोध सिर्जना हुने काम गरे,’ उनको भनाइ थियो ।
‘जुन दिन मैले आँखा अस्पतालको नाममा घरजग्गाको लिखत पास गरें आपूm सबैखाले तनावबाट मुक्त भए जस्तो लाग्यो, स्वर्गमा पुगेको अनुभूति भयो,’ ९४ वर्षीय शाहले गहबाट आँसु झार्दै भने । त्यस अवसरमा अस्पतालको विकासमा उल्लेखनीय सहयोग पु¥याउने पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादव, प्रतिनिधिसभा सदस्य सर्वतआरा खानम, जयकेश सिंह, अस्पतालका कानूनी सल्लाहकार अधिवक्ता लोकबहादुर शाह, वरिष्ठ प्रबन्धक डा कौशलकुमार बर्मा र डा. वासुदेव अधिकारीलाई पनि सम्मान गरिएको थियो । प्रदेश प्रमुख झाले समाजका लागि निस्वार्थभावले योगदान पु¥याउनेको कदर कालान्तरसम्म भइरहने बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार ०४:०६