सूचनाको शक्ति - The Power Of Information

        

हाललाई कर्मचारी स्वेच्छिक अवकाश स्थगित

POST PHOTO/KIRAN PANDAY/KANTIPUR

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावुु पण्डितले कर्मचारी स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले स्वेच्छिक अवकाश हाललाई स्थगित गरिएको बताएकोे । अब सबै कर्मचारीले खटाएको ठाउ“मा गएर काम गर्नुपर्ने बताए ।
मन्त्री पण्डितले आर्थिक समृद्धिको अभियानमा मुलुक अगाडि बढी सकेकाले अनुुभवी र क्रियाशील कर्मचारीको खा“चो रहेको जानकारी दिए । काम गरिरहेका र काम गर्न सक्ने कर्मचारीलाई स्वेच्छिक अवकास दिने पक्षमा सरकार नभएको उनको भनाई थियो । स्वेच्छिक अवकास रोकेर सरकारले कर्मचारीको इच्छा वमोजिमको कार्यालय र घरपायक हुने गरी काम गर्ने वातावरण मिलाउन तयारी सरकारले गरिरहेको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार ०८:००