सूचनाको शक्ति - The Power Of Information

        

एमालेसँग बैशाख महिनाभित्रै पार्टी एकता हुने

चितवन । बैशाख महिनाभित्रै एमालेसँग पार्टी एकता हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरकोे छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले तयारी पूरा नभएका कारण ९ गते गर्ने भनिएको एकता भने टरेको बताए । पार्टी एकीकरणका लागि चुनाव चिह्न, सिद्धान्त र पदका विषय टुंगो लाग्न बाँकी रहेको बताए । अध्यक्ष दाहालले एमाले र माओवादी केन्द्रबीच एकता हुँदैन कि भन्ने आशंका भने नगर्न आग्रह गरेको छ ।पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेतासमेत गृहमन्त्री रामवहादुर थापा बादलले यातायात क्षेत्रको सिन्डिकेट पुनः ब्युतिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।  गृहमन्त्री थापाले सर्वसाधारणलाई सहज यातायातको पहुँच पु¥याउन सिन्डिकेट तोड्नुको विकल्प नभएको समेत बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार ०७:५१