सूचनाको शक्ति - The Power Of Information

        

दस्तुर वृद्धि यार्सागुम्बा संकलनमा

त्रिपुराकोट। हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनमा यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुर पा“चसय थप लाग्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त पाँचसय रुपैयाँ तिर्नुपर्ने भएको हो ।

अतिरिक्त उठाएको पाँचसय रकम समितिकै खातामा जम्मा हुने र सो रकमबाट मध्यवर्ती क्षेत्रभित्रको संरक्षण शिक्षा, चोरीशिकारी नियन्त्रण, जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न कार्यक्रममा खर्च गरिने निकुञ्जले जनाएको छ । बहुमूल्य जडीबुटीको पकेट क्षेत्रका रुपमा रहेको डोल्पा जिल्लामा यार्सागुम्बा संकलनका लागि विभिन्न जिल्लाबाट बर्षेनी हजारौं मान्छे भित्रने गर्दछन् । उनीहरुलाई वितरण गरिएको संकलन इजाजतबाट मात्रै बर्षेनी करोडौं राजश्व संकलन हुने गर्दछ । बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका सिजन प्रत्येक वर्षको जेठको पहिलो सातादेखि शुरु भई असार पहिलो साता सम्मको एकमहिने अवधिका लागि मात्रै निकुञ्जले संकलन इजाजत दिने गर्दछ ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार ०१:३३