सूचनाको शक्ति - The Power Of Information

        

दुई दशमलब पाँच प्रतिशत बालबालिका पढ्नबाट बञ्चित

दार्चुला । दार्चुला जिल्लाका विद्यालय भर्ना हुने उमेर भएका १ देखि ५ वर्षका बालबालिका अझै पनि पढ्नबाट बञ्चित भएका कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।नेपालभरि विद्यार्थी भर्ना दर ९७ दशमलब दुई रहेको छ । दार्चुला जिल्लामा आइतबारबाट विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ भन्ने नाराका साथ दुई चरणमा विद्यार्थी भर्ना अभियान शुरु भएको जिल्ला शिक्षा कार्यालय दार्चुलाका निमित्त जिल्ला शिक्षा अधिकारी जयराज पन्तले बताए । आइतबारदेखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने हातहातमा निःशुल्क पाठ्यपुस्तक पुग्ने गरी वितरण गरिने कार्यक्रम रहेको छ । १५ देखि ३० गतेसम्म अथात् दोस्रो चरणमा भर्ना हुन छुटेका बालबालिकाको पहिचान गरी भर्ना अभियान सञ्चालन गरिने । गत वर्षको तथ्यांकअनुसार २७८ बालबालिका विद्यालयबाहिर रहेका छन् । वर्षको सर्वे हुन बाँकी छ उनले भने । गत वर्षको तथ्यांक हेर्दा जिल्लामा विद्यार्थी भर्ना दर वृद्धि गर्न चुनौती देखिएको छ । आर्थिक अवस्था कमजोर भएकोले यस्तो समस्या देखिएको हो । गत वर्षको तथ्यांकअनुसार विद्यालय टाढा भएको कारण पाँच, शारीरिक अपांगता भएका कारण सात, घरायसी कामले गर्दा १०, पढ्न मन नलागेर सात मजदुरी, अर्काको घरमा काम गर्नु पर्ने कारणले एक, बालविवाहका कारण दुई र बसाइँसराइका कारण एक तथा विभिन्न कारणले १६२ जनाले विद्यालय जान नसकेको तथ्यांक छ ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार ०१:१५