सूचनाको शक्ति - The Power Of Information

        

कृषि अनुदान सिधै कृषकको हातमा : कृषिमन्त्री

जितपुर। कृषि अनुदानमा हु“दै आएको दुरुपयोग रोक्न सरकारले विशेष व्यवस्था ल्याउने कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले बताए । सरकारले उपलब्ध गराउँदै आएको अनुदान वास्तविक किसानसम्म नपुगेको अब सिधै किसानको हातमा पुग्ने व्यवस्था मिलाउने उनले बताए ।
सिंहदरबारबाट सिधै किसानको हातमा आउने वातावरण बनाउने कृषिमन्त्री खनालले बताए विगतमा किसानको नाममा भएको ब्रह्मलुट अब अन्त्य हुनेछ । देशलाई आत्मनिर्भर बनाउन र उत्पादन बढाउन कृषकको योगदान बिर्सन नहु“ने उनले बताए । मन्त्रीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको जमिनमा उत्पादन हुने बालीको विशेषताका आधारमा सुपरजोन, जोन तथा पकेट क्षेत्र निर्माण गरिनेसमेत जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार ००:५०