सूचनाको शक्ति - The Power Of Information

        

लगानी सचेतना अभियानमा सक्रिय

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘लगानी सचेतना अभियान’ सञ्चालन गर्दै आएको छ । लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गर्र्दै आएको हो ।
अभियान अन्तर्गत हाल सम्म २० भन्दा बढी संस्थाहरुमा एनआईसी एशिया क्यापिटलले लगानी सचेतना सेवा प्रदान गरिसकेको छ । कम्पनीको अनुसार इच्छुक समुह तथा संस्थाहरुले सो कार्यक्रम आफ्नो संस्थामा गराउनको लागि सम्पर्र्क गर्न सक्ने बताइकोे छ ।
लगानीकर्तालाई सवल, सुचित तथा उपयुक्त निर्णय लिन क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका साथै निशुल्क डिम्याट सेवा कम्पनीले प्रदान गर्दै आएको छ 

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार ०७:३२