सूचनाको शक्ति - The Power Of Information

        

इन्टरनेटमार्फत सेयर कारोबार गर्न सकिने

काठमाडौं । बैशाखदेखि इन्टरनेटमार्फत सेयर कारोबार गर्ने पाउने भएका छन् । धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ । धितोपत्र बोर्डले वैशाखदेखि इन्टरनेटमार्फत सेयर कारोबार गराउन । अफिस सुधार गरी अनलाइन कारोबार गर्न सकिने जानकारी दिएपछि बोर्डले यस्तो निर्देशन दिएको हो ।
यसबाट लगानीकर्ता ब्रोकर कार्यालयमा उपस्थित भएर सेयर कारोबारको अन्त्यभई घर वा कार्यालयबाट सेयर खरिदबिक्री गर्न सक्ने भएका छन् । लगानकर्तालाई झण्झट नहुने, सेयर कारोबार र अभिलेख अझ बढी प्रभावकारी, सहज, पारदर्शी र छिटो काम हुने बोर्डले जनाएको छ ।
यसले निकट भविष्यमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले गर्न लागेको अनलाईन सेयर कारोबारलाई आधार तयार गर्ने बोर्डको भनाई छ ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार १४:५८