सूचनाको शक्ति - The Power Of Information

        

सुर्योदय यातायातले सञ्चालनमा ल्यायो स्मार्ट यात्रुबस

काठमाडौं । निजी क्षेत्रबाट सुर्योदय यातायात एन्ड अटो प्राइभेट लिमिटेडले अत्याधुनिक सुविधा सहितको यात्रुबस सञ्चालनमा ल्याए । सरकारले देशभरी नयाँ रुट अनुमति खुला गरेपछि सूर्योदयले अशोक लेलैण्डका १५ थान नयाँ मोडेलका यात्रुवहाक वस पूर्वाञ्चलमा सञ्चालनमा ल्याएको हो । बसमा डिजिटल डिस्पले , टिभी, वाईफाई , जिपिएस, सीसी क्यामेरा लगायत अत्याधुनिक उपकरणहरु जडान गरिएको छ ।
पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने बताएको छ । संस्थाका अध्यक्ष देवेन्द्रकुमार न्यौपानेले गाडीहरुमा फिल्टर र मोबिल खर्चबाहेक अन्य खर्च नआउने दावी छ ।
प्रबन्ध निर्देशक सरोज न्यौपानेले अबको दिनमा देशभरी गाडी विस्तार गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित गराउने बताए।
महानगर यातायात, सिटी यातायात, साझा यातायात, मयुर यातायात र धुम्रबराही यातायात सञ्चालनमा छन् । सरकारले यातायात सिण्डिकेट खारेजको घोषणा गरेपछि निजी क्षेत्रबाट संगठित रुपमा ठुला बस सञ्चालनमा आउन थालेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार १४:५५