काठमाडौं । डिभिजन सडक कार्यालय हेटौंडाले ६४ वटा कम्पनीलाई कालो सूचिमा राख्ने भएको छ । सडक निर्माण जिम्मा लिएर समयमै काम नसक्ने कम्पनीहरुलाई कार्यालयले कालो सूचिमा राख्न लागेको हो ।
डिभिजन सडक कार्यालय अन्तर्गत सडक तथा पुल निर्माणको जिम्मा लिएर निर्माण सम्पन्न गरेको प्रमाणपत्र पटक(पटक बुझाउन आग्रह गर्दा पनि कम्पनीहरुले वेवस्था गरेपछि कम्पनीहरु कालो सूचिमा पर्न लागेका हुन् ।
कार्यालयले निर्माणा सम्पन्नको प्रमाणपत्र बुझाउन अब ७ दिनको समय दिएको छ । समय अवधीभित्र विवरण नबुझाए सार्वजनिक खरिद ऐन २०६३ अनुसार ठेक्का तोड्ने र कालो सूचिमा राखिने कार्यालयले जनाएको छ ।
समयमै विवरण नबुझाउने कम्पनीहरुमा मनिस कन्स्ट्रक्सन आशिया कन्स्ट्रक्सन, शिव निर्मण कम्पनी सेवा लगायत ६४ कम्पनी रहेका छन् ।
।