सूचनाको शक्ति - The Power Of Information

        

१ अर्व २ करोड बढि प्रदेश नम्बर ५ को बजेट

प्रदेश नम्वर ५ को सरकारले चालु आर्थिक वर्षको बा“कि अवधिका लागि बजेट सार्वजनिक गरेको छ । शुक्रबार अपरान्ह ३ बजे बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रिको समेत कार्यभार समेत सम्हालेका मुख्यमन्त्रि शंकर पोखरेलले १ अर्व २ करोड ५ लाख रुपैया बराबरको बजेट प्रस्तुत गरेका हुन ।
संघीय सरकारले उपलब्ध गराएको रकममा मात्रै केन्द्रित भएर ल्याइएको बजेटमा प्रदेश मन्त्रालय स्थापनाको खर्च, मन्त्रालय अन्र्तगत कानुन निर्माणमा हुन सक्ने खर्च, कर्मचारीको तलव भत्ता तथा नया केही बिकास योजनाको सम्भाव्यता अध्ययन खर्च लगायतका सिमित बिषय समेटीएको छ । बजेटमा कृषि, पर्यटन, सडक र उद्योगलाई प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार ११:३२