सूचनाको शक्ति - The Power Of Information

        

एनटिसीको अफरै अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुने जनाइएको छ। कम्पनीको अनुसार अफर बैशाख १५ गतेसम्म लिन सकिनेछ ।
अफरहरु यस्ता छन् :
ह्याप्पी विकेन्ड प्याक
जीएसएमरसीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि रहनेछ ।
अनलिमिटेड जीएसएमरसीडीएमए नाइट डाटा प्याक
जीएसएमरसीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएमरसीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिनसम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजीरफोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने कम्पनीको भनाइ छ ।
एडीएसएल भोलुम बेस्ड प्याकेज
नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने जनाइएको छ ।
एडीएसएल अनलिमीटेड प्याकेज
कम्पनीले ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल अनलिमिटेड प्याकेज अन्तर्गत ७ सय रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिन सम्म र ७ हजार रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।
ती विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले स्टार १४१५ ह्याज डायल गर्न सक्नेछन् । जहाँबाट डाट प्याकको बारेमा बुझ्न र लिन सकिने कम्पनीले जानकारी गराएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार १०:५०