काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नंं। ५, स्यूना र कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नंं। १०, उत्तमचोकमा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
उक्त स्थानहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १२२ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १२२ वटा शाखा, १२८ वटा एटीएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ सेवामाफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको जनाइएको छ ।
।