सूचनाको शक्ति - The Power Of Information

        

नविल ब्यालेन्स फण्ड शुक्रबारदेखि खारेज

काठमाडौं । शुक्रबारदेखि नविल व्यालेन्स फण्डका इकाईको कारोबार नहुने  भएको छ नविल बैंकले प्रवद्र्धन गरेको नविल व्यालेन्स फण्ड १ खारेज हुने भएको हो । ब्यालेन्स फण्ड शुक्रबार परिपक्व भई सामूहिक लगानी कोषअनुसार खारेजीमा लैजान लागेको छ । उक्त जानकारी योजना व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले दिएको छ । योजना खारेज भएपछि इकाईधनीलाई लगानी फिर्ता भुक्तानी दिने बैंकले जनाएको छ । ब्यालेन्स फण्डले इकाईधनीहरुलाई ४२ प्रतिशत नगद लाभांश दिएको छ

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार ०७:३२