सूचनाको शक्ति - The Power Of Information

        

सरकारले लगाएको ऋण थाहा पाउनुस तपाइले कति तिर्नुपर्छ

काठमाडौं । नेपाल सरकारको ऋण दायित्व ६ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७३र०७४ सम्ममा नेपाल सरकारको ऋण दायित्व उल्लेखित रकम पुगेको हो।
महालेखा परिक्षक कार्यलयको ५५ औँ प्रतिवेदन अनुसार वैदेशिक ऋण चार खर्ब ९३ अर्ब ९८ करोड पुगेको छ। त्यस्तै सरकारको अन्तरिक ऋण दुई खर्ब ८३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।
कुल ग्राहस्थ उत्पादनको २६।८४ प्रतिशत रहेको छ। जसमा आन्तरिक ऋण १०।९१ प्रतिशत र वैदेशिक ऋण १५।९३ प्रतिशत रहेको छ।
कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यो वर्षसम्म प्रतिव्यक्ति ऋण दायित्व २४ हजार २७६ रुपैयाँ पुगेको छ। यो गत वर्षको भन्दा दुई हजार १४७ रुपैयाँ बढी हो।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १५:४०