सूचनाको शक्ति - The Power Of Information

        

विदेशी लगानी बढ्यो नेपालमा

वर्ष २०७४ मा मात्रै ३७ अर्ब रपैयाँ भन्दा बढी वैदेशिक लगानी प्रतिवद्धता रहेको छ। तर प्रतिवद्धता जनाएको सबै रकम आउछनै भन्ने चाही हुँदैन।
वर्ष २०७४ मा मध्यम स्तरको वैदेशिक लगानीको लागि उद्योग विभागमा यो अवधिमा ३९ अर्ब ९ करोड भन्दा बढीको लगानीको प्रतिवद्धता लगानी कर्ताहरुले जनाएका छन्। विभागको तथ्यांक अनुसार यो लगानी प्रतिवद्धता आएको देखिएको हो।
गत आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीक प्रतिवद्धता आएको थियो।
पछिल्लो अवधिमा चीनीया लगानीकर्ताहरु उत्साहित भएको देखिएको छ भने भारतीय लगानी कर्ताहरुले भने खुलेर लगानी गर्न सकेका छैनन्। १२ महिनाको अवधिमा चीन ४ हजार ८६१ जनालाई रोजगारी दिनसक्ने १२५ उद्योगमा २ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ भन्दा बढी लगानीको प्रतिवद्धता जनाएका छन्। उनीहरूले विशेष गरी आठ वटा क्षेत्रमा लगानीको प्रतिवद्धता जनाएकोमा पर्यटन र सेवा क्षेत्रका धेरै उद्योग खोल्ने र लगानी रकमको हिसावले भने उर्जा क्षेत्रमा दखिएको छ।
त्यस्तै यही अवधिमा भारतले भने पाँच वटा क्षेत्रमा पाँच अर्ब ३६ करोड रूपैयाँ लगानीको प्रतिवद्धता जनाएको छ। भारतले २ हजार ५१४ जनालाई रोजगारी दनसक्ने गरी ४७ उद्योगमा यो लगनी गर्ने प्रतिवद्धता जनाएको हो।
सबै भन्दा बढी लगानीको प्रतिवद्धता गर्नेमा उत्तरी छिमेकी देश चीन रहेको छ भने दोस्रोमा बढी लगानी गर्नेमा भारत रहेको छ। त्यस्तै अमेरिका, दक्षिण कोरिया, युएइ पनि बढी लगानी गर्नेमा रहेका छन्। यी छ वटा देशको मात्रै ३७ अर्ब रुपैयाँ लगनी रहेको छ भने अन्य ४२ देशको साढे दुई अर्ब रुपैयाँ लगानी रहेको छ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १५:३५